भाद्र २८, २०८३ आइतबार September 13, 2026

राप्रपा सचिवालयमा ९ जना थपिए (पूर्णपाठ सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको सचिवालयमा ९ जनालाई मनोनित गरेको छ।

अध्यक्षत्रयबिच पार्टी विधानअनुसार भएको सहमति  बमोजिम आइतबार सचिवालयमा थप ९ जना नेताहरुलाई मनोनित गरी पूर्णता दिएको राप्रपाले जनाएको छ।

मनोनित हुने  केन्द्रीय सचिवालय सदस्यहरुमा क्रमशः निलकण्ठ काफ्ले (नवलपुर), भक्ति प्रसाद सिटौला (झापा), भरत रायमाझी (काठमाडौं), इन्द्र चित्रकार (काठमाडौं), राजाराम बर्ताैला (मकवानपुर) बाबुराम बस्नेत (भोजपुर), रामशरण पाठक (चितवन) भरत प्रसाद पाठक (नुवाकोट) र मिना शाही (ललितपुर) रहेका छन् ।

आइतबार बसेको सचिवालय बैठकले सचिवालयलाई पूर्णता प्रदान गरेकामा अध्यक्ष त्रयप्रति आभार व्यक्त गरेको राप्रपाले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया