असार २८, २०८२ शनिबार July 12, 2025

त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा डा. अर्याल नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार १४ गते । त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा डा. कुन्दन अर्याल नियुक्त हुनुभएको छ ।

त्रिवि कार्यकारी परिषदको बिहीबार बसेको बैठकले डा. अर्याललाई चार वर्षको कार्यकालका लागि नियुक्त गरेको हो । पत्रकारिताको अध्यापन, अनुसन्धान र सम्पादनमा सक्रिय रहनुभएका अर्यालले आज आफूले नियुक्तिपत्र लिएको बताउनुभयो ।

यसअघि सो विभागको प्रमुखमा प्रा. चिरञ्जीवी खनाल हुनुहुन्थ्यो । उहाँपछि प्रा. प्रवलराज पोखरेल विभागको प्रमुख हुनुहुन्थ्यो । पोखरेल अनिवार्य अवकाश पाउनुभएपछि डा. अर्याललाई सो जिम्मेवारी प्रदान गरिएको हो ।

यसअघि पत्रकारिता केन्द्रीय विभागको पठन पाठन रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्गबाट हुँदैआएको थियो । अहिले सो विभाग बल्खुस्थित त्रिवि परिसरमा आफ्नै नयाँ भवनमा सरेको छ । डा. अर्यालले शुक्रबारदेखि औपचारिक जिम्मेवारी लिनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार