असार २८, २०८२ शनिबार July 12, 2025

विद्यालय भवन जीर्ण : कोठा बाहिर राखेरै पढाई हुँदा मौसमी समस्या, पढाइ प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मुगु   जिल्लाको  एक सामुदायिक  विद्यालयका विद्यार्थीहरूको   पठन पाठन प्रक्रियामा समस्या  हुने गरेको पाइएको छ ।

प्रारम्भिक बाल विकासदेखि  कक्षा ८ सम्म पढाई हुने  छायाँनाथरारा नगरपालिका वडा नं  ६  कार्कीवाडामा रहेको श्री आधारभूत विद्यालयमा  विद्यार्थी सङ्ख्याको आधारमा भवन तथा कक्षाकोठा अपुग हुँदा दैनिक पठन पाठन  प्रक्रियामा समस्या हुने गरेको पाइएको हो ।

२०२७  सालमा स्थापना भएको  उक्त विद्यालयमा भौतिक पूर्वाधार अभावका कारण  विद्यालयमा  विद्यार्थीहरूलाई असहज हुने गरेको  विद्यालयका प्रधानाध्यापक जङ्गबहादुर शाहीले  जानकारी दिनुभयो ।  करिब ४ सय जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा अधिकांश दलित बालबालिका अध्ययनरत रहेको पनि प्रधानाध्यापक शाहीले बताउनुभयो ।

पर्याप्त पानी अभावका कारण बालबालिकाहरूलाई सौज गर्न समेत  समस्या भएको  र चर्को घाम हावा हुरी र पानी परेको बेला एउटै कक्षामा धेरै बालबालिका हरूलाई  राखेर उकुस मुकुसको  वातावरणमा पढाइ गर्नुको विकल्प नरहेको पनि  प्रधानाध्यापक शाहीको  थप  थियो।

विद्यालय अनुगमन तथा  सहजिकरणका लागि उक्त विद्यालय पुग्नु भएका  सामाजिक विकास कार्यालय मुगुका प्रमुख टोपबहादुर बुढाले अहिलेको परिवेशमा  सुविधा सम्पन्न ठाउँमा डिजिटल  पद्धतिमाबाट पढाइ भैरहेका बेला मुगु जस्ता दुर्गम जिल्लाहरूमा अध्ययनरत  विद्यार्थीहरू  आवश्यक पूर्वाधार र  कक्षाकोठाको अभावमै  पठन पाठन गर्नुपर्दा समान शिक्षा लिने अवसरबाट  वञ्चित हुनु परेको धारणा राख्नुभयो  । यस विद्यालयको पूर्वाधार निर्माणका लागि आफूले सक्दो पहल गर्ने पनि कार्यालय प्रमुख  बुढाले जानकारी दिनुभयो ।    विद्यालयको छतमा रहेर बाल मैत्री स्थानीय शासन सम्बन्धित  विद्यार्थीहरूलाई  अभिमुखीकरण कार्यक्रममा बिहिवार  विद्यालयमा  आयोजित  कार्यक्रम  बुढाले उक्त धारणा राख्नु भएको हो ।

छायाँनाथ रारा नगरपालिका नजिकै पर्ने जिल्लाकै पुरानो विद्यालय  धित्र पर्ने यस विद्यालयको सेवा क्षेत्र  पनि ठुलो भएकोले  सीमित  भवनमा विद्यार्थीको चाप पनि धेरै नै रहेको  बताइएको छ ।

कार्कीवाडा, ढुम, सुपाकोट, कालापाल्त, ताल्च, गमगढी बजार,ढुमाललेख  लगायतका गाउँहरू उक्त विद्यालयका  सेवा क्षेत्रका गाउँहरू रहेको बताइएको छ ।  सरकारले  देशभर समान शिक्षा  दिने र  विद्यार्थीहरूलाई  शिक्षण प्रक्रियामा समान पहुँच पुर्‍याउने खालको वातावरण तयार हुन सकेको खण्डमा  मात्र अपेक्षित उपलब्धिहरू हासिल गर्न सकिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार