असार २८, २०८२ शनिबार July 12, 2025

एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म

साउन २३ देखि ३१ गतेसम्म मौका परीक्षा सञ्चालन गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को मौका परीक्षा आगामी साउन २३ गतेदेखि सञ्चालन गर्ने भएको छ । गत बिहीबार प्रकाशित २०८० सालको एसइईमा ५२ प्रतिशतभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएका थिए ।

आइतबार बसेको बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म मौका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा तालिका भने सोमबार सार्वजनिक गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यसअघि दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाउने व्यवस्था थियो । सो परीक्षा साउन १८ र १९ गतेका लागि तय गरिएको थियो ।

तर, शिक्षा मन्त्रालयले कक्षा १२ लाई विद्यालय तहको अन्तिम खुट्किलो मानिसकेपछि एसइईमा फेल भएको देखाई उनीहरूलाई रोक्न नहुने निर्णय लिएको थियो ।

सबै विद्यार्थी मौका परीक्षामा सहभागी हुन पाउने निर्णय गरेपछि परीक्षाको नयाँ मिति सार्वजनिक गरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार