असार २२, २०८१ शनिबार July 6, 2024

१९ वर्षीया युवती आफ्नै बारीमा बलात्कृत

अभियुक्त गुरुङलाई जिल्ला अदालतमा पेस गरि ७ दिनको म्याद लिई थप अनुसन्धान गर्ने र मुद्दाको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लमजुङ । लमजुङमा एक १९ वर्षीया युवती घाँस काट्न गएको बेला आफ्नै बारीमा बलात्कृत भएकी छन् । दूधपोखरी गाउँपालिका– ६ मा भएको सो घट्नामा सोही वडाका ४८ वर्षीय प्रसाद गुरुङलाई प्रहरीले पक्राउ गरेको छ

सो घट्ना भएको चारदिन पछि गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईले बताए । उनका अनुसार पीडित घाँस काट्न गएको थाहा पाई पिछा गर्दै गएर जवरजस्तीकरणी गरेका रहेछन् ।

पीडितलाई पीडक गरुङले सो घट्ना कसैलाई भनेमा मारिदिने धम्की दिएकोले समयमा उजुरी गर्न नसकेको पीडित परिवारले बताएका छन् । उनले भने, त्यसैले घट्ना बारेको उजुरी आउन ढिला भएको रहेछ । तर पनि उजुरी दर्नासाथ अभियुक्तलाई पक्राउ गरिएको चपाईले बताए ।

अभियुक्त गुरुङलाई जिल्ला अदालतमा पेस गरि ७ दिनको म्याद लिई थप अनुसन्धान गर्ने र मुद्दाको तयारी गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया