असार २३, २०८१ आइतबार July 7, 2024

प्रहरी निरीक्षक विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर

भारतबाट नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी निरीक्षक लोक बहादुर विष्टविरुद्ध मुद्दा दायर गरिएको छ ।

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपमा नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. १ नक्सालमा कार्यरत तत्कालीन प्रहरी निरीक्षक विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

विष्टले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाई स्कुल एण्ड इण्टरमिडिएट एजुकेशन यु.पी.बाट जारी भएको हाईस्कुल परीक्षाको झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा २०५५ साल कार्तिक १ गते नियुक्ति भई त्यस पश्चात् विभिन्न पदमा रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको अख्तियारको दाबी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया