असार २१, २०८२ शनिबार July 5, 2025

राजनीति सफा नभई मुलुक नबन्ने उपप्रधानमन्त्री श्रेष्ठको दाबी

राजनीति सफा नभई मुलुकमा विद्यमान कुनैपनि समस्या समाधान नहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीति सफा नभई देश नबन्ने दाबी गरेका छन् । शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीति सफा नभई मुलुकमा विद्यमान कुनैपनि समस्या समाधान नहुने बताए ।

उनले मुलुकमा सहकारी क्षेत्रमा देखिएको समस्या पनि राजनीतिक दलहरुको संरक्षणको कारण भएको बताए । राजनीतिक दल र नेताहरुले सहकारीका सञ्चालकहरुलाई संरक्षण गर्न खोज्दा सहकारीमा समस्या देखिएको उपप्रधानमन्त्री श्रेष्ठको जिकिर थियो ।

उनले भने, ‘नेपालको राजनीतिको समस्या म यहाँ चर्चा गर्न चाहन्नँ । त्यो राजनीति सफा नभईकन अरु समस्या समाधान हुने वाला छैन । त्यसैले मैले बारम्बार भन्ने गरेको छु–राजनीति सफा नगरीकन यो देश बन्दैन भन्ने कुरा अत्यन्तै महत्वको साथ आत्मासात गर्नुपर्ने अहिलेको अवस्था हो । जतिसुकै गरेपनि राजनीतिले मुख्य भुमिका खेल्छ । सहकारीमा नै यस्तो समस्या किन आयो ? एउटा त अनुगमन भएन । दोस्रो ती सहकारीका संचालक, मालिकहरु आ–आफ्नो पार्टी र नेताका छन् । तिनलाई त रक्षा गर्नुपर्छ भनेर लागिएको छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले सहकारी समस्या समाधानका लागि भईरहेका प्रयासप्रति पनि असन्तुष्टि व्यक्त गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार