श्रावण १३, २०८३ बुधबार July 29, 2026

विनाभिसा अमेरिका आउन खोज्नेलाई पनामाबाटै विमानमा हालेर फर्काइने

अमेरिकाले पनामामा सुरक्षित, मानवीय स्वदेश फिर्ता प्रक्रियालाई सुदृढ र संस्थागत गर्न प्रशिक्षण र क्षमता निर्माणलाई सहयोग गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकाले पनामासँग देशनिकालाका उडान कार्यक्रम लागू गर्न सम्झौतामा हस्ताक्षर गरेको छ । अब डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको आर्थिक सहायतामा यस क्षेत्रमा अनियमित आप्रवासनलाई सम्बोधन गर्न कार्यक्रम सुरु गरिने अमेरिका र पनामाले घोषणा गरेका छन् ।

यस कार्यक्रमले पनामा सरकारलाई पनामामा रहन कानूनी आधार नभएका विदेशी नागरिकहरूलाई देशनिकाला गर्न मद्दत गर्नेछ। यो सहयोगले पनामाको ड्यारियन क्षेत्रहुँदै हुने अनियमित आप्रवासन कम गर्न प्रयास गर्नेछ । यो क्षेत्रको माध्यमबाट सन् २०२३ मा ५ लाख २० हजार भन्दा धेरै आप्रवासीहरू अमेरिकातिर आएका थिए, जसमा नेपालीहरु समेत थिए ।

अमेरिका र पनामा बीचको नयाँ व्यवस्थाले सुरक्षित र प्रभावकारी पानामानियाली स्वदेश फिर्ता सञ्चालनका लागि सहयोग सहित आप्रवासन व्यवस्थापनमा सहकार्यलाई अगाडि बढाउने अमेरिकी सरकारको भनाई छ । देशनिकालाका उडान कार्यक्रम अनियमित आप्रवासनलाई सम्बोधन गर्न व्यापक क्षेत्रीय दृष्टिकोणको एक हिस्सा हो। अमेरिकाले पनामामा सुरक्षित, मानवीय स्वदेश फिर्ता प्रक्रियालाई सुदृढ र संस्थागत गर्न प्रशिक्षण र क्षमता निर्माणलाई सहयोग गर्नेछ।

Panama Deported Or Refused Entry To Over 687 Persons In 2023 | Loop Cayman Islands

अनियमित आप्रवासन एक क्षेत्रीय चुनौती भएको र यसको लागि क्षेत्रीय प्रतिक्रिया चाहिने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेहान्द्रो मेयोर्कासले बताएका छन् । अमेरिकाले सिमानाहरू सुरक्षित गर्न र कानुनी आधार नभएका व्यक्तिहरूलाई हटाउन जारी राख्दा पश्चिमी गोलार्धमा बसाइँसराइको ऐतिहासिक स्तरहरू व्यवस्थापन गर्न पनामासँगको साझेदारीको लागि कृतज्ञ रहेको उनले बताएका छन् ।

आप्रवासन र संरक्षणमा लस एन्जलस घोषणा अन्तर्गत अमेरिकाले स्थायित्व प्रवर्द्धन गर्न, कानुनी मार्गहरू विस्तार गर्न र व्यक्तिहरूलाई उनीहरू जहाँ छन् त्यहाँ बस्नका लागि विकल्पहरू प्रदान गर्न तथा मानवीय रूपमा अमेरिकाभरि सीमानाहरू प्रबन्ध गर्ने समन्वयात्मक कार्यहरू गर्न यस क्षेत्रमा २१ साझेदारहरूसँग काम गरिरहेको छ।

जुन ४ म राष्ट्रपति बाइडेनले दक्षिणी सीमानाका केही गैरनागरिकहरूको प्रवेश अस्थायी रूपमा निलम्बन गर्ने घोषणा गरेपछि सीमा गस्तीको साप्ताहिक मुठभेडको औसत ४० प्रतिशत भन्दा बढी घटेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । साथै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले २० वटाभन्दा बढी देशहरूमा १२० वटा भन्दा बढी अन्तर्राष्ट्रिय देशनिकालाका उडानहरू सञ्चालन गरेको जनाएक्को छ ।

अमेरिकाले अमेरिका आउन चाहने आप्रवासीहरूलाई उपलब्ध गराइएका र उल्लेख्य रूपमा विस्तार गरिएका कानुनी मार्ग र प्रक्रियाहरूको फाइदा लिन आग्रह गरेको छ । मानिसहरूले अमेरिकाबाट देशनिकाला हुनेगरी अमेरिकी सीमा गैरकानूनी रूपमा पार गर्न आफ्नो जीवन निर्दयी तस्करहरूको हातमा सुम्पन नहुने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटील जनाएको छ । खसोखास

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार