श्रावण १६, २०८३ शनिबार August 1, 2026

आज ‘विश्व हाँसो दिवस’ मनाइँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। “हाँसो नै उत्तम औषधि हो” भन्ने मूल मर्मका साथ आज विश्वभर ‘विश्व हाँसो दिवस’ मनाइँदैछ। हरेक वर्ष मे महिनाको पहिलो आइतबार मनाइने यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाउन लागिएको हो।

हाँसोका माध्यमबाट मानव स्वास्थ्यमा सुधार ल्याउनुका साथै विश्व शान्ति, भ्रातृत्व र मित्रताको भावना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिएको हो।

पछिल्लो समय व्यस्त जीवनशैली र मानसिक तनाव बढिरहेको सन्दर्भमा हाँसोले मानिसमा सकारात्मक ऊर्जा भर्ने र सामाजिक सम्बन्धलाई प्रगाढ बनाउने विश्वास गरिन्छ।

यो दिवसको सुरुवात सन् १९९८ मा भारतका डा. मदन कटारियाले ‘लाफ्टर योग’ अभियानका रूपमा गरेका थिए। अहिले यो दिवसले विश्वव्यापी रूप लिइसकेको छ।

आजको दिन विभिन्न सङ्घसंस्थाहरूले सार्वजनिक स्थलहरूमा भेला भई सामूहिक रूपमा हाँस्ने र खुसी साटासाट गर्ने कार्यक्रमहरू आयोजना गर्दछन्, जसले मानिसहरूलाई तनावमुक्त रहन र स्वस्थ जीवनयापन गर्न प्रेरित गर्दछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपूर्वमा रहेका सबै अमेरिकीलाई मध्यपूर्वबाट ‘प्रस्थान गर्ने सोच बनाउन’ दूतावासहरूद्वारा आग्रह
२०८३ श्रावण १६, शनिबार
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ: सभापति थापा
२०८३ श्रावण १६, शनिबार
करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा
२०८३ श्रावण १६, शनिबार
रोमको पानी मुनीको शहरको अस्तित्व खतरामा, पर्यटकलाई हुन सक्छ निषेध
२०८३ श्रावण १६, शनिबार
प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त
२०८३ श्रावण १६, शनिबार
सहकारी ठगीको मुद्दा हेर्न ‘समर्पित इजलास’ गठन गर्न अनुरोध
२०८३ श्रावण १६, शनिबार
कीर्तिमानी पर्वतारोही पुर्जाको निधन
२०८३ श्रावण १६, शनिबार