श्रावण १६, २०८३ शनिबार August 1, 2026

कीर्तिमानी पर्वतारोही पुर्जाको निधन

हिमपहिरोमा परी विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को निधन भएको पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा गएको हिमपहिरोमा परी विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को निधन भएको छ।

पुर्जा स्थापना गरेको संस्था इलाइट एक्सपेडले सामाजिक सञ्जालमार्फत उहाँको निधनको पुष्टि गरेको हो। हिमपहिरोमा पुर्जासहित १० जना पर्वतारोही बेपत्ता भएकामध्ये ६ जना नेपाली हुनुहुन्थ्यो। यसअघि नै चार जनाको शव फेला परिसकेको थियो।

पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल करिब छ महिनाको अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपूर्वमा रहेका सबै अमेरिकीलाई मध्यपूर्वबाट ‘प्रस्थान गर्ने सोच बनाउन’ दूतावासहरूद्वारा आग्रह
२०८३ श्रावण १६, शनिबार
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ: सभापति थापा
२०८३ श्रावण १६, शनिबार
करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा
२०८३ श्रावण १६, शनिबार
रोमको पानी मुनीको शहरको अस्तित्व खतरामा, पर्यटकलाई हुन सक्छ निषेध
२०८३ श्रावण १६, शनिबार
प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त
२०८३ श्रावण १६, शनिबार
सहकारी ठगीको मुद्दा हेर्न ‘समर्पित इजलास’ गठन गर्न अनुरोध
२०८३ श्रावण १६, शनिबार
कीर्तिमानी पर्वतारोही पुर्जाको निधन
२०८३ श्रावण १६, शनिबार