श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

विभिन्न स्थानबाट लागु औषधसहित २५ जना पक्राउ

काठमाडौँको टेकु र तिनथाना गैरीगाउँ, मोरङको विराटनगर विमानस्थल र हरूचोक, सुर्खेत लगायतका स्थानबाट समातिए कारोबारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागु औषधसहित २५ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँको टेकु र तिनथाना गैरीगाउँ, मोरङको विराटनगर विमानस्थल र हरूचोक, सुर्खेतको चनौटे, बर्दियाको चेपाङ बजार, डाँफे, लालपुर चोक र कोठियाघाट, कैलालीको मिलनचोक, झापाको चाँदनी चोक, दाङको जुरौनी तथा डडेलधुराको स्याउलेबाट विभिन्न प्रकारका लागु औषधसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार टेकुबाट १२ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना, तिनथाना गैरीगाउँबाट ट्रामाडोल ३० ट्याब्लेटसहित चार जना, विराटनगर विमानस्थलबाट १८ ग्राम ४८ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जना तथा हरूचोकबाट ६ सय ५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका हुन् ।

यसैगरी, चनौटेबाट ५ ग्राम ६ सय ९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जना, चेपाङ बजार, डाँफे, लालपुर चोक तथा कोठियाघाट–ओरालीबजारबाट विभिन्न परिमाणको खैरो हेरोइनजस्तो देखिने पदार्थसहित आठ जना, मिलनचोकबाट २ सय ४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना तथा चाँदनी चोकबाट १ ग्राम २ सय ५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र नगद रु १२ हजार २२५ सहित एक जना पक्राउ परेका छन् ।

त्यसैगरी, दाङको जुरौनीबाट ३५ किलोग्राम चरेससहित एक जना तथा स्याउलेबाट १६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनसरी घटनाः सरकार र पीडित परिवारबीच सातबुँदे सहमति
२०८३ श्रावण १५, शुक्रबार
ब्रोड पिकमा हिमपहिरो, पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन
२०८३ श्रावण १५, शुक्रबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण १५, शुक्रबार
राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू
२०८३ श्रावण १५, शुक्रबार
विभिन्न स्थानबाट लागु औषधसहित २५ जना पक्राउ
२०८३ श्रावण १५, शुक्रबार
धार्मिक सद्भाव कायम राख्न प्रहरी आईजीपी दानबहादुर कार्कीको अपिल
२०८३ श्रावण १५, शुक्रबार
सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता
२०८३ श्रावण १५, शुक्रबार