असोज १, २०८३ बिहिबार September 17, 2026

सप्तरीमा पनि अनिश्चितकालीन कर्फ्यु आदेश जारी

अर्को आदेश नभएसम्म बोडेबरसाइन नगरपालिकाको तोकिएको क्षेत्रमा कर्फ्यु लागू रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सप्तरीले बोदेबर्साइन नगरपालिकाका चार किल्लामा अनिश्चितकाल कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको आज अबेर राती बसेको बैठकको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु आदेश जारी गरेका हुन्।

आदेशअनुसार साउन १४ गते राति १० बजेदेखि अर्को आदेश नभएसम्म बोडेबरसाइन नगरपालिकाको तोकिएको क्षेत्रमा कर्फ्यु लागू रहनेछ।

कर्फ्यु क्षेत्रको सीमा पूर्वमा हुलाकी राजमार्गको खड्क पुल, पश्चिममा पृतमपुर चौक, उत्तरमा नेंगडा चोक र दक्षिणमा मानराजा चोकसम्म तोकिएको प्रशासनले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया