श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

ब्रोड पिकमा हिमपहिरो, पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन

निर्मल पुर्जाको नेतृत्वमा रहेको आरोहण टोली हिमपहिरोमा परेसँगै सम्पर्क विच्छेद भएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १५ साउनः उत्तरी पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा प्रख्यात पर्वतारोही निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्तरराष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको छ ।

पाकिस्तान अल्पाइन क्लबका उपाध्यक्ष करार हैद्रीले बिहीबार राति जारी गरेको विज्ञप्तिअनुसार निर्मल पुर्जाको नेतृत्वमा रहेको आरोहण टोली हिमपहिरोमा परेसँगै सम्पर्क विच्छेद भएको छ ।

उक्त टोलीमा निर्मल पुर्जासहित पाँच जना नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी, एक चिनियाँ तथा अर्का एक आरोहीको राष्ट्रियता नखुलेको एशोसिएटेट प्रेसले जनाएको छ ।

पाकिस्तान अल्पाइन क्लबका अध्यक्ष मेजर जनरल इरफान अरशद तथा क्लबका वरिष्ठ पदाधिकारीहरूले तत्काल खोज तथा उद्धार अभियान सञ्चालनका लागि सरकारी अधिकारीहरूसँग समन्वय गरिरहेका जनाएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया