श्रावण १६, २०८३ शनिबार August 1, 2026

बारामा वृहत् सामाजिक सद्भाव र्‍याली सम्पन्न

कलैया बजारका विभिन्न मुख्य सडक तथा चोकहरूको परिक्रमा गर्दै सामाजिक एकता, शान्ति र सहिष्णुताको सन्देश प्रवाह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बारा । देशका विभिन्न स्थानमा हालै भएका घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बारामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, मेलमिलाप तथा आपसी भाइचारा कायम राख्ने उद्देश्यले शनिबार वृहत् सामाजिक सद्भाव र्‍याली आयोजना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराको संयोजनमा आयोजित र्‍याली बिहान जिल्ला प्रशासन कार्यालय परिसरबाट सुरु भई कलैया बजारका विभिन्न मुख्य सडक तथा चोकहरूको परिक्रमा गर्दै सामाजिक एकता, शान्ति र सहिष्णुताको सन्देश प्रवाह गरेको थियो ।

र्‍यालीमा जिल्लास्थित विभिन्न राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि, जनप्रतिनिधि, धार्मिक संघ–संस्थाका अगुवा, विभिन्न धर्म र संस्कृतिमा आस्था राख्ने धर्मावलम्बी, नागरिक समाज, मानवअधिकारकर्मी, सञ्चारकर्मी, सुरक्षा निकायका प्रतिनिधि, सरकारी कर्मचारी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता थियो ।

आयोजकका अनुसार पछिल्ला घटनाका कारण समाजमा देखिएको असहज अवस्थालाई शान्तिपूर्ण संवाद, सहिष्णुता र एकतामार्फत समाधान गर्न यस्ता कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपूर्वमा रहेका सबै अमेरिकीलाई मध्यपूर्वबाट ‘प्रस्थान गर्ने सोच बनाउन’ दूतावासहरूद्वारा आग्रह
२०८३ श्रावण १६, शनिबार
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ: सभापति थापा
२०८३ श्रावण १६, शनिबार
करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा
२०८३ श्रावण १६, शनिबार
रोमको पानी मुनीको शहरको अस्तित्व खतरामा, पर्यटकलाई हुन सक्छ निषेध
२०८३ श्रावण १६, शनिबार
प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त
२०८३ श्रावण १६, शनिबार
सहकारी ठगीको मुद्दा हेर्न ‘समर्पित इजलास’ गठन गर्न अनुरोध
२०८३ श्रावण १६, शनिबार
कीर्तिमानी पर्वतारोही पुर्जाको निधन
२०८३ श्रावण १६, शनिबार