कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन कांग्रेस–एमालेको आग्रह

दैनिक कामकाज बाहेक अन्य कुनै पनि कार्यहरू सम्पादन नगर्न र नगराउन मुख्यमन्त्री सोडरीलाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा दिन आग्रह गरेका छन् ।

आइतबार कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाह नेता र एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री सोडारीले सरकार सञ्चालन गर्ने नैतिक आधार गुमाइसकेकाले राजीनामा दिन आग्रह गरेका हुन् ।

एमालेले सुदूरपश्चिम सरकारबाट बिहीबार समर्थन फिर्ता लिएर मन्त्रिपरिषदबाट बाहिरिएको थियो ।

कांग्रेस–एमालेले सरकारले बहुमत गुमाइसकेकाले दैनिक कामकाज बाहेक अन्य कुनै पनि कार्यहरू सम्पादन नगर्न र नगराउन मुख्यमन्त्री सोडरीलाई आग्रह गरेका छन् ।
कांग्रेस र एमाले केन्द्रको सहमति अनुसार सुदूरपश्चिममा पनि दुई दलले नयाँ सरकार बनाउने छन् ।

s

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया