असार ३०, २०८१ आइतबार July 14, 2024

बागलुङमा पहिलो पटक भेटियो कालाजार

कालाजार पुष्टी भएका वृद्धको शरीरको तौल अत्यधिक मात्रामा घटेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गलकोट। बागलुङमा पहिरोपटक कालाजारको संक्रमण पुष्टी भएको छयु। स्वास्थ्य कार्यालय बागलुङका अनुसार ढोरपाटन नगरपालिकाका एक ६१ वर्षीय पुरुषमा कालाजार देखिएको हो।

परजीवीकाले टोक्दा मानिसको मृत्युका कारणमध्ये कालाजार औलोपछिको दोस्रो रोग हो। स्यान्ड फ्लाई नामको भुसुनाको टोकाइबाट कालाजारको संक्रमण हुन्छ। उक्त संक्रमण देखिएका स्थानका ४१ जनामा स्वास्थ्य परीक्षण समेत भइसकेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।

जिल्लामा पहिलो पटक कालाजार देखिएकाले कालाजार देखिएका स्थानमा उच्च सर्तकता अपनाइएको छ। साथै अनुगमन बढाइएको छ भने आगामी दिनमा कालाजारको थप अध्ययन गरिने उक्त कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिए।

‘विभिन्न नयाँ तथा पुराना रोग तथा संक्रमणहरुको खोज पड्तालअन्तर्गत ढोरपाटनका एक वृद्धमा उच्च ज्वरो देखिएपछि थप उपचारका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरी लुम्बीनी मेडिकल कलेज पुर्‍याउँदा कालाजार संक्रमण पुष्टी भएको हो’, प्रमुख आचार्यले भने, ‘उक्त स्थानमा तत्कालै स्वास्थ्यकर्मी पुर्‍याएर उहाँसहित ४१ जनाको नमूना सर्वेक्षण गरिएको थियो।’

आचार्यका अनुसार गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ढोरपाटनको छेन्तुङ क्षेत्रमा कालाजारको अध्ययन गरिनेछ। कालाजार पुष्टी भएका वृद्धको शरीरको तौल अत्यधिक मात्रामा घटेको पाइएको कार्यालयका मलेरिया इन्स्पेक्टर कमला थापाले जानकारी दिइन्। कालाजार देखिएपछि १४ दिनभन्दा बढी उच्च ज्वरो आउनु, तौल घट्नु र शारीरिक रुपमा कमजोरी देखिने जस्ता लक्षण देखिन्छन्। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया