श्रावण २, २०८२ शुक्रबार July 18, 2025

दरवाङ आधारभूत अस्पतालमा पूर्वाधार विस्तार

आधारभूत अस्पतालबाट मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दा लाभान्वित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको आधारभूत अस्पतालमा पूर्वाधार विस्तार भएको छ । मालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ मा विनियोजन गरेको बजेटबाट तीनवटा भवन, भवन परिसरमा फेबरब्लक बिछ्याउने र घेराबार गरिएको हो । मालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले अस्पतालको सेवा प्रवाहलाई सहज बनाउन पूर्वाधार विस्तारमा प्राथमिकता दिएको बताउनुभयो ।

“रु २४ लाख बजेट विनियोजन भएको योजनाका लागि उपभोक्ता समितिले यस वर्ष रु १४ लाख बराबरको काम गरे”, उहाँले भन्नुभयो, “अस्पतालको पूर्वाधार निर्माण गर्न आगामी आर्थिक वर्षमा पनि बजेट विनियोजन भएको छ ।” आँखा, आयुर्वेद उपचार र फार्मेसी (औषधि बिक्री) कक्षका लागि तीनकोठे भवन निर्माण भएको हो ।

खाली जग्गामा ‘पेवर ब्लक’ राखेर हिलो र धुलो नहुने बनाएपछि अस्पताल परिसर चिटिक्क परेको छ । पुरानो र नयाँ भवनमा रङरोगन भएको छ । यसअघि घेराबार नहुँदा अस्पताल परिसर अव्यवस्थित बनेको थियो । दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई मालिका गाउँपालिकाले गत भदौमा पाँच शय्या क्षमताको आधारभूत अस्पतालमा स्तरोन्नति गरेको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्रको पूर्वाधार, जनशक्ति र उपकरण व्यवस्थापन गरेर सञ्चालन गरिएको अस्पतालबाट मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दा लाभान्वित भएका छन् । सामान्य बिरामी हुँदा बेनी, बागलुङ, पोखरा, काठमाडौँलगायत सहरमा पुग्नुपर्ने बाध्यता हटेको दरवाङका मिराज गौतमले बताउनुभयो ।

एकजना चिकित्सकको दरबन्दी रहेको अस्पतालमा निक साइमन इन्स्च्यिुटले थप एकजना चिकित्सक, एकजना रेडियोग्राफर र एकजना स्टाफ नर्स जनशक्ति सहयोग गरेको छ । प्रयोगशाला, एक्सरे, अल्ट्रासाउण्ड, मुटुको इसिजी, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने स्क्रिनिङ, हातखुट्टा भाँचिएको प्लास्टर सेवा दिइरहेको केन्द्रले आफ्नै फार्मेसी सञ्चालन गरेको छ ।

गाउँपालिकाले अस्पताल सञ्चालन गर्न चालु आर्थिक वर्षमा रु ३२ लाख अनुदान दिएको छ । यसअघि प्राथमिक स्वास्थ्य केन्द्र हुँदा आकस्मिक र कार्यालय समयमा स्वास्थ्य परीक्षण सेवा दिँदै आएकामा अस्पतालमा रुपान्तरण भएपछि चौबीसै घण्टा बिरामीलाई भर्ना गरेर सेवा दिन थालिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार
चर्चित मेसेजिङ एप टेलिग्राममाथि सरकारको प्रतिबन्ध
२०८२ श्रावण २, शुक्रबार
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार