असार २३, २०८२ सोमबार July 7, 2025

हरिद्वार चतराधामको विकासमा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की

चतराधामको विकासका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको प्राचीन हरिद्वार महाकुम्भ क्षेत्र चतराधामको विकासमा तिनै तहको सरकार बिच समन्वय सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।

वाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समारोह समिति चतराधाम सुनसरीले विराटनगरमा आज आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले यस क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरेको बताउनुभयो ।

उहाँले नेपालको धार्मिक आस्था र अटुट विश्वास रहेको महाकुम्भ मेलाले राष्ट्रिय भावना, धार्मिक, संस्कृति, पर्यटन एव राष्ट्रिय पुँजीको विकासमा महत्वपूर्ण योगदान पुर्याएको चर्चा गर्नुभयो ।

कौशिकी क्षेत्रमा लाग्ने महाकुम्भ तथा अर्धकुम्भ मेलाको आफ्नै ऐतिहासिक महत्व रहेकाले उहाँले यस क्षेत्रलाई थप व्यवस्थित गर्नसके दुई छिमेकी मुलुक भारत र चीनबाट एक दशकमा एक करोड भन्दा बढी पर्यटक भित्राउन सकिने र धार्मिक पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्की प्रदेश सरकारले आगामी वर्ष २०८२ साललाई ‘कोशी प्रदेश पर्यटन वर्ष’ को रुपमा मनाउन लागेको निर्णय गरेको जानकारी गराउँदै आउँदो असोज महिनासम्म सुनसरीको धरानदेखि बराह क्षेत्रसम्मको सडक कालोपत्रे गर्न लागेको बताउनुभयो ।

प्रधानमन्त्री कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलले यस क्षेत्रलाई धार्मिक, संस्कृतिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले महाकुम्भले मुलुकको अर्थतन्त्र चलायमानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्दै सरकारले यस क्षेत्रको विकासका लागि अपनत्व लिई कार्य गर्नुपर्ने सुझाव दिनु भयो । उहाँले हालै सम्पन्न महाकुम्भ मेलालाई सफल बनाउन मारवाडी समुदायले तन, मन , धनले ठुलो सहयोग गरेको बताउनुभयो ।

कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, तथा कुम्भ मेला मूल समारोह समितिका उपाध्यक्ष इन्दिरा रिजालले कुम्भ मेलामा विश्वका हिन्दु पर्यटकहरू ठूला सङ्ख्यामा आगमन भएकाले त्यसको विकासमा जोड दिनुभयो ।

मेला अवधिभर दैनिक निःशुल्क चार समय भोजन गराउने मारवाडी सेवा समाजका सदस्यहरूलाई सो अवसर सम्मान एवं प्रमाणपत्र वितरण गरिएको थियो ।

सो अवसरमा विराटनगरमा समाजसेवी सुरेश सर्मा, वासुदेव गोल्यान, बेनिगोपाल मुन्दडा, ताराचन्द खेतान, देवेन्द्रकुमार राजगढिया, महेश/आनन्द जाजु, गणपतलाल/घनश्याम काबरा, किशनलाल/जतनदेवी दुगड, आशकरण/नन्दकिशोर राठी, शिवरतन सारडा तथा सारडा परिवार, जगनाथ तोदी, डेडराज तोदी, रामप्रसाद जाजु, लक्ष्मी नारायण, हरिकिशन, अर्जुनकुमार तापडिया, गोल्छा परिवार, नानुराम/रोशनकुमार तोदी, गोरधन दास, कमला बती, परोपकार प्रतिष्ठानलाई विशेष सम्मान प्रदान गरिएको छ । त्यस्तै उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष एवं उद्योगी समाजसेवी नन्दकिशोर राठीलाई समेत सम्मान गरिएको थियो ।

२०८० चैत २७ देखि २०८१ वैशाख २८ गतेसम्म वराहक्षेत्रको चतराधाममा महाकुम्भ मेला आयोजना भएको थियो । सो मेलामा दुई करोड भक्तजन सहभागी भएको आयोजकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार