चैत्र १४, २०८१ बिहिबार March 27, 2025

सिन्धुलीका ७ पालिका पूर्ण खोप सुनिश्चित घोषित

जन्मेदेखि पाँच वर्षभित्रका बालबालिकाले सबै खालको पूर्ण खोप लगाएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिन्धुलीमाढी, असार २५ गते । सिन्धुली जिल्लाका नौ वटा स्थानीय तहमध्ये सात वटा तहलाई ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषणा गरिएको छ । कमलामाई नगरपालिकालाई सोमबार पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएसँगै जन्मेदेखि पाँच वर्षभित्रका बालबालिकाले सबै खालको पूर्ण खोप लगाएको पालिकाको सङ्ख्या सात पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका खोप अधिकृत पुष्पराज पन्तका अनुसार पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएका पालिकाहरुमा कमलामाई नगरपालिका, दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, गोलन्जोर गाउँपालिका, सुनकोसी गाउँपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिका छन् । अब फिक्कल र घ्याङ्लेख गाउँपालिकालाई मात्रै उक्त घोषणा गर्न बाँकी छ ।

बाँकी ती दुई पालिका पनि यही असारभित्रै घोषणा हुने तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । खोप अधिकृत पन्तले भन्नुभयो, “घरधुरी सर्वेक्षणदेखि गर्नुपर्ने सबै काम सकिएको छ । अब औपचारिक कार्यक्रम गरी घोषणा गर्न मात्रै बाँकी छ ।”

blog

बालबालिकाले जन्मेको १५ महिनासम्म नियमित खोप लगाउनुपर्ने र १६ महिनादेखि ५९ महिनाभित्र सबै बालबालिकाले पूर्ण खोप लगाइसकेकाले ती पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको कार्यालयले जनाएको छ ।

कमलामाई नगरपालिका स्वास्थ्य शाखा प्रमुख केम थापाले नगरपालिकाभित्र जन्मेदेखि पाँच वर्षभित्रका चार हजार ८९८ जनाा सबै बालबालिकाले पूर्ण खोप लगाएकाले औपचारिक कार्यक्रम बीच ‘पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकामा गत चैत/वैशाख महिनामा गरिएको घरधुरी सर्वेक्षणमा जन्मेदेखि १५ महिनासम्म नियमिति खोप लगाउने बालकालिकाको सङ्ख्या एक हजार ९६ छ । १० महिनादेखि ५९ महिनासम्म पूर्ण खोप लगाउने बालबालिका तीन हजार ७७२ छन् । खोप नै नलगाउने बालबालिका छ जना फेला परेका थिए। आंशिक खोप लगाउने बालबालिका २४ जना फेला परेका थिए ।

सबै बालबालिकालाई खोपको दायरामा ल्याई नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको उहाँले बताउनुभयो । कमलामाई नगरपालिकाभित्र अब कुनै पनि बालबालिका खोपबाट वञ्चित नभएको र मानिसको सबैभन्दा ठूलो सम्पत्ति भनेकै स्वास्थ्य भएको नगरप्रमुख उपेन्द्रकुमार पोख्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी दिनमा पनि कुनै पनि बालबालिका खोपको दायरा बाहिर हुने छैनन् ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गिरिजाप्रसाद कोइराला सभागृहको निर्माण अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
२०८१ चैत्र १४, बिहिबार
मुलुकलाई नयाँ सिराबाट अगाडि बढाउनुपर्ने छ: महासचिव पोखरेल
२०८१ चैत्र १३, बुधबार
बेनी–जोमसोम सडकका बेलिब्रिज जोखिममा
२०८१ चैत्र १३, बुधबार
चीनलाई लक्षित गरेर दर्जनौं संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध
२०८१ चैत्र १३, बुधबार
वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टिनीको हत्या
२०८१ चैत्र १३, बुधबार
समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षा आवश्यक : उपप्रधानमन्त्री सिंह
२०८१ चैत्र १३, बुधबार
थाई प्रधानमन्त्री सिनावात्राले पाइन् संसदमा विश्वासको मत
२०८१ चैत्र १३, बुधबार