बैसाख ६, २०८२ शनिबार April 19, 2025

तीनै तहका कर्मचारीले समन्वय र सहकार्यका साथ काम गर्नुपर्छ – मुख्यमन्त्री कार्की

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीनै तहका कर्मचारीहरूले आपसमा समन्वय एवं सहकार्य गरेर काम गर्नुपर्ने बताउनुभएको छ ।

आज तेह्रथुममा आयोजित कार्यक्रममा उहाँले तीनै तह मिलेर काम गर्दा नागरिकलाई सहज हुने भएकाले समन्वयका साथ अगाडि बढ्न निर्देशन दिनुभयो । उहाँले सबै कर्मचारी जिम्मेवार नागरिकसमेत भएकाले सोहीअनुरूप सेवामा लाग्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री कार्कीले पहाडमा बसाइसराइको समस्या बढ्दै गएकाले त्यसलाई रोक्न ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना र अन्य पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न जरुरी रहेको धारणा राख्नुभयो ।

“पहाडमा सडक र बाटो पुग्न थाले तर मानिसहरूचाहिँ झोला तुम्बा बोकेर मधेस झर्न थालेका छन् । यो चिन्ताको विषय हो । यसलाई रोक्न सबै लाग्नुपर्‍यो”, उहाँले भन्नुभयो, “नेपाल प्राकृतिक हिसाबले सुन्दर भएकाले कृषि पर्यटनमार्फत रोजगारी सिर्जना र आवश्यक पूर्वाधार विकास गरेर पहाडको बसाइँसराइ रोक्ने काममा लाग्नुपर्ने आवश्यकता छ ।”

मुख्यमन्त्री कार्कीले असारमा विकासका काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आगामी साउनदेखि नै कार्ययोजना बनाएर रु एक करोडमाथिका योजना पहिलो चौमासिकदेखि नै कार्यान्वयनमा लैजाने बताउनुभयो । त्यसका लागि आवश्यक पर्ने विधि प्रक्रिया टुङ्ग्याएर चाँडै काम सुरु गर्ने उहाँको भनाइ थियो ।

कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले जनताको भावना बुझेर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो । त्यसअवसरमा तेह्रथुमकी प्रमुख जिल्ला अधिकारी मीरा अर्यालले जिल्लाको वस्तुस्थितिका बारेमा जानकारी गराउनुभएको थियो भने तेह्रथुमका प्रदेशसभा सदस्य कमला दर्नाल र किशोरचन्द्र दुलालले पनि आफ्नो धारणा राख्नुभएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रणवीरको ‘रामायण’ पहिलो भागको सकियो सुटिङ, दोस्रो भागको सुटिङ सुरू हुदैँ
२०८२ बैसाख ६, शनिबार
धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुँदैन : अध्यक्ष दाहाल
२०८२ बैसाख ६, शनिबार
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
२०८२ बैसाख ६, शनिबार
सत्ता साझेदारीमा कुनै समस्या नरहेको गृहमन्त्रीको स्पष्टोक्ति
२०८२ बैसाख ६, शनिबार
सलमानको ‘सिकिन्दर’ लाई धुलो चुटाउने मोहनलालको फिल्म अब ओटिटीमा
२०८२ बैसाख ६, शनिबार
ताइवानी सेनामा चिनियाँ जासुसको रहस्योदघाटन, उडन सकेनन् लडाकु बिमान पनि
२०८२ बैसाख ६, शनिबार
रुपन्देहीमा एक महिलामाथि गोली प्रहार
२०८२ बैसाख ६, शनिबार