मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

डडेल्धुरा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

डडेल्धुरा । डडेल्धुरा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।

आज सरोकारवाला निकायको सहभागितामा डडेलधुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएका स्वास्थ्य कार्यालयका प्रमुख केशरसिंह साउँदले जानकारी दिनुभयो ।

उहाँले नेपालमा सरकारले १३ प्रकारका खोप निःशुल्क रूपमा उपलब्ध गराउने गरेकोमा आवश्यक सबै खोप दिई वडा तथा पालिका हुँदै डडेल्धुरा जिल्लालाई  पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको बताउनुभयो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले महिला स्वयंसेविकाको भूमिका महत्त्वपूर्ण भएको तर राज्य पक्षले स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट बिनियोजन नगर्ने गरेको बताउनुभयो ।

स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार जिल्लामा हालसम्म १ सय ६ वटा खोप केन्द्रबाट खोप सेवा प्रवाह भइरहेको छ । अधिकांश खोपहरू जन्मेदेखि १५ महिनासम्म पुरा गरिसक्नुपर्ने हुन्छ । उक्त सङ्ख्या २ हजार ६ सय १ रहेको छ भने १६ देखि ५९ महिनाका बालबालिकाको सङ्ख्या ८ हजार ९२ रहेको छ ।

स्वास्थ्य निर्देशनालय राजपुर डोटीका जनस्वास्थ्य अधिकृत धीरेन्द्र नाथले खोप लगाएमा बाल मृत्युदर घट्नुका साथै बालबालिकामा देखिने पुड्को पना, तथा अन्य समस्याहरू नहुने भएकाले खोप कार्यक्रममा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।

डडेल्धुरा पहिलो पटक विसं २०७२ सालमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार