बाँके। लुम्बिनी प्रदेश सरकारका कृषि भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिनुभएको छ ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेता समेत रहनु भएका मन्त्री अहिरले आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा समक्ष राजीनामा दिनुभएको हो । जसपाले कांग्रेस–एमाले गठबन्धनको साथमा रहेको कारण माओवादी नेतृत्वको सो सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएको सो पार्टीका महासचिव इस्तियाक राईले बताउनु भयो ।
मन्त्री अहिरले पार्टीको निर्देशन बमोजिम आफूले मन्त्री पदबाट राजीनामा दिएको बताउनु भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया