फागुण ३, २०८१ शनिबार February 15, 2025

समाजवादी मोर्चालाई ब्युँताएर सक्रिय बनाउने निर्णय

समाजवादी मोर्चालाई वैकल्पिक मोर्चाको रुपमा पुनर्गठन गरेर लैजाने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः काग्रेससँगको सत्ता गठबन्धनका बेला प्रधानमन्त्री पुष्पकमल दाहालको अग्रसरतामा अघि सारिएको समाजवादी मोर्चाको अभियानलाई यतिबेला दाहालको सरकारबाट बहिर्गमन हुने निश्चित भएपछि पुनः ब्युँताएर सक्रिय बनाउने निर्णय भएको छ ।

मोर्चाका रूपमा विपक्षी वाम दलहरूको साझा थलो बनाउन छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चालाई ब्युँताएर सक्रिय गराउने निर्णय भएको अर्थमन्त्री एवम् माओवादी उपमहासचिब वर्षमान पुनले जानकारी दिए ।

‘समाजवादी मोर्चालाई वैकल्पिक मोर्चाको रुपमा पुनर्गठन गरेर लिने कुरा भएको छ’ उनले भने, ‘समाजवादी–वामपन्थी दलहरुलाई समेटेर विस्तार गर्ने निर्णय पनि भएको छ ।’

बैठकमा प्रधानमन्त्री दाहाल, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवलगायत नेताहरु सहभागी थिए ।

यसअघि मोर्चामा रहेको जनता समाजवादी नेपालका नेताहरु भने सहभागी भएनन् । जसपा नेपालले कांग्रेस एमाले गठबन्धनलाई समर्थन गर्ने संकेत गरेकाले मोर्चाको बैठकमा सहभागी भएन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया