बैसाख १३, २०८२ शनिबार April 26, 2025

झापामा डेङ्गु सङ्क्रमणको जोखिम बढ्दो

तीन महिनामा आठ सय चार जनालाई परीक्षण गर्दा ७१ जनालाई डेंगु पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

झापा । निरन्तर वर्षाका कारण झापामा डेङ्गु सङ्क्रमणको जोखिम बढेको छ ।

झापामा हालसम्म एक सय २७ जनामा डेंगु पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्लामा यस वर्षको सुरुवात भएसँगै पछिल्लो तीन महिनामा आठ सय चार जनालाई परीक्षण गर्दा ७१ जनालाई डेंगु पुष्टि भएको छ ।

झापामा वैशाखमा एक सय ६० जनालाई परीक्षण गर्दा १८ जनालाई डेंगु पोजेटिभ देखिएको थियो भने जेठमा तीनसय जनालाई परीक्षण गर्दा २१ जनालाई पोजेटिभ देखिएको थियो । यसै गरी असारमा तीन सय ३६ जनालाई परीक्षण गर्दा ३२ जनामा डेंगु पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको जनाएको छ । दैनिक पानी परिरहेकाले डेंगुको सङ्क्रमण निरन्तर बढिरहेको छ । ईडीसीडीको तथ्याङ्क अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण देखिएको छ ।मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेकाले मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण बढ्ने आँकलन गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका डेङ्गु रोगका फोकल पर्सन युवानाथ बरालका अनुसार पानी सङ्कलन गरेर राख्ने र पानीमा रहने त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगुको जोखिम बढिरहेको छ । विशेष गरी जनघनत्व धेरै भएको ठाउँमा र कवाडी सामाग्रीहरू अव्यवस्थित तरिकाले राखिएको ठाउँमा डेंगुको जोखिम हुने उहाँले बताउनुभयो । जिल्लामा डेंगुको परीक्षण गर्ने कितको पनि अभाव रहेको बरालले बताउनुभयो ।

डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्ने भएकाले घर वरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्ने भएको हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउने जस्ता कुरामा ध्यान दिन जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

देशमै सबैभन्दा धेरै डेङ्गु काठमाडौँ जिल्लामा देखिएको छ भने दोस्रो नम्बरमा झापा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोली भारत भ्रमणमा जाँदै
२०८२ बैसाख १३, शनिबार
सीमा क्षेत्रका स्थानीयलाई प्रवेश पास प्रदान
२०८२ बैसाख १३, शनिबार
सरकार सबै नागरिकको उज्यालो भविष्य सुनिश्चित गर्न लागि परेको छ : मन्त्री शाही
२०८२ बैसाख १३, शनिबार
“कांग्रेस–एमाले सहमतिको कार्यान्वयनमा धनराज गुरुङको जोड”
२०८२ बैसाख १३, शनिबार
शोषणविरुद्धको संघर्षलाई अन्तर्राष्ट्रिय अभियान बनाउने उपेन्द्र यादवको आह्वान
२०८२ बैसाख १३, शनिबार
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
२०८२ बैसाख १३, शनिबार
कलेजो बलियो बनाउन खानुहोस्, यी पाँच आयुर्बेदिक औषधी
२०८२ बैसाख १३, शनिबार