बैसाख १३, २०८२ शनिबार April 26, 2025

पाथीभरा क्षेत्रमा फेदीमा स्वास्थ्यचौकी भवन निर्माण

स्वास्थ्य चौकी स्थापना भएसँगै पाथीभरा दर्शनमा आउने तीर्थयात्रीको स्वास्थ्यमा आइपर्ने जोखिमको अन्त्य भएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ताप्लेजुङ, असार २७ गते। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को ठुलो फेदीमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ। पाथीभरा दर्शनमा आउने तीर्थयात्रीको सुविधालाई दृष्टिगत गरी पाथीभरा क्षेत्रमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो।

कोशी प्रदेश सरकारद्वारा चालू आर्थिक वर्षका लागि विनियोजित बजेटको लगानीबाट ठुलो फेदीमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो। स्वास्थ्य चौकी भवन निर्माणका लागि कोशी प्रदेश सरकारले ५० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो।

प्रदेश सरकारको उक्त बजेटबाट स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएसँगै बिहीबार कोशी प्रदेशका पूर्व स्वास्थ्य मन्त्रीसमेत रहनुभएका  प्रदेश सभा सदस्य तिलकुमार मेन्याङ्बोले उद्घाटन गर्नुभएको छ।

नव निर्मित स्वास्थ्यचौकी भवनको उद्घाटन गर्नुहुँदै पूर्वमन्त्री मेन्याङ्बोले स्वास्थ्य चौकी सञ्चालनमा सहजता ल्याउन आवश्यक फर्निचर, औषधि र थप स्वास्थ्यकर्मीको व्यवस्थापनसमेत गरिने बताउनुभयो। उहाँले फर्निचर, औषधि साथै थप जनशक्ति व्यवस्थापनमा सहयोग पुर्‍याउन आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले २० लाख रुपियाँ बजेट विनियोजन गरेकोसमेत जानकारी दिनुभयो।

यस्तै नवनिर्मित भवनको उद्घाटन समारोहमा सहभागी बन्नुभएका फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले पाथीभरा क्षेत्रमै सुविधा सम्पन्न स्वास्थ्य चौकीको स्थापनाले तीर्थयात्रीलाई ठुलो राहत पुग्ने बताउनुभयो। स्वास्थ्य चौकी स्थापना भएसँगै पाथीभरा दर्शनमा आउने तीर्थयात्रीको स्वास्थ्यमा आइपर्ने जोखिमको अन्त्य भएको पनि नगर प्रमुख मादेनले दाबी गर्नुभयो।

जिल्ला समन्वय समितिका उपप्रमुख कृष्णप्रसाद लिङ्खिम लिम्बूले पनि फेदीमा स्वास्थ्य चौकी स्थापना भएपछि तीर्थयात्री साथै सो क्षेत्रमा बसोबास गर्दै आएका बासिन्दाले जटिलबाहेक स्वास्थ्यमा समस्या आउँदा उपचार सेवा लिनलाई सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो।

नवनिर्मित एकतले भवनमा एउटा सभा हलसहित चार ओटा कोठा रहेको बताइएको छ। सो स्वास्थ्य चौकीमा खट्ने स्वास्थ्यकर्मीका लागि सोही भवनमा आवास सुविधा हुनेगरी भवन निर्माण गरिएको हो। हालसम्म तीर्थयात्री तथा फेदी क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयको स्वास्थ्य सुविधाका लागि एक घरको साँघुरो कोठामा स्वास्थ्य संस्था सञ्चालन गरिँदै आएको छ। चन्द्र पन्दाक/गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोली भारत भ्रमणमा जाँदै
२०८२ बैसाख १३, शनिबार
सीमा क्षेत्रका स्थानीयलाई प्रवेश पास प्रदान
२०८२ बैसाख १३, शनिबार
सरकार सबै नागरिकको उज्यालो भविष्य सुनिश्चित गर्न लागि परेको छ : मन्त्री शाही
२०८२ बैसाख १३, शनिबार
“कांग्रेस–एमाले सहमतिको कार्यान्वयनमा धनराज गुरुङको जोड”
२०८२ बैसाख १३, शनिबार
शोषणविरुद्धको संघर्षलाई अन्तर्राष्ट्रिय अभियान बनाउने उपेन्द्र यादवको आह्वान
२०८२ बैसाख १३, शनिबार
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
२०८२ बैसाख १३, शनिबार
कलेजो बलियो बनाउन खानुहोस्, यी पाँच आयुर्बेदिक औषधी
२०८२ बैसाख १३, शनिबार