चैत्र १४, २०८१ बिहिबार March 27, 2025

नगर अस्पतालको फार्मेसी बन्द हुँदा विरामी मार्कामा

चौदण्डीगढी नगर अस्पतालमा बिरामीले औषधी पाउन छोडे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उदयपुरको चौदण्डीगढी नगरपालिका बेल्टारको नगर अस्पतालको फार्मेसी बन्द हुँदा बिरामी मार्कामा परेका छन् । नगर अस्पतालभित्र संचालित फार्मेसीले आज असार २७ गते बिहिबारदेखि सेवा बन्द गरिदिँदा बिरामीहरु मार्कामा परेका हुन् ।

नगर अस्पताल चौदण्डीगढीले २०८० साल असार २६ गते बोलपत्र आव्हान मार्फत छनोट गरेको श्रीगोपी कृष्ण मेडिकल हललाई बिमा फार्मेसीको संचालन अनुमति दिएको थियो । यद्यपि श्रीगोपी कृष्ण मेडिकल हलले डाक्टरले लेखेको बिमाको औषधी पूर्णतः उपलब्ध गराउन नसकेपछि चौदण्डीगढी नगरपालिकाले दुई पक्षीय सम्झौता रद्ध गर्दै सटर खाली गर्न भनेको थियो ।

नगरपालिकाले पटक पटक बिरामी मार्फत औषधी नपाएको गुनासो आएपछि ब्यबसायीसँगको सम्झौता रद्ध गरेको जानकारी सहित सटर खाली गर्न भनेको थियो । तर फार्मेसी संचालक आफूले सम्झौता अवधी भर फार्मेसी संचालन गर्न पाउनु पर्ने माग राखि उच्च अदालत बिराटनगरमा मुद्धा दायर गरेका थिए ।

एकातर्फ फार्मेसी संचालक श्रीगोपी कृष्ण मेडिकल हलले बिमा कर्ता बिरामीहरुलाई डाक्टरले लेखेको औषधी उपलब्ध गराउन नसक्नु र अर्को तर्फ मुद्धाका कारण नगरपालिकाले समेत अर्को ब्यबस्था गर्न नसक्दा अहिले चौदण्डीगढी नगर अस्पतालमा बिरामीले औषधी पाउन छोडेका छन् ।

औषधी जस्तो सम्वेदनशील बिषयमा ब्यबसायीले गरेको चरम लापरबाही र हेलचेक्र्याईंका कारण चोदण्डीगढी नगरपालिकाका बिमा गरेका हजारौं बिरामी यतिबेला औषधी सेवन गर्नबाट बन्चित हुन पुगेका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
छिम्केश्वरीलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल
२०८१ चैत्र १४, बिहिबार
नेकपा एसका नेता दीपक गौतम बैंकिङ कसुरमा पक्राउ
२०८१ चैत्र १४, बिहिबार
बिष्णु भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् आजको तपाँइको राशिफल
२०८१ चैत्र १४, बिहिबार
अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु
२०८१ चैत्र १४, बिहिबार
गिरिजाप्रसाद कोइराला सभागृहको निर्माण अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
२०८१ चैत्र १४, बिहिबार
उत्पादनको जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: पूर्वप्रधानमन्त्री भट्टराई
२०८१ चैत्र १४, बिहिबार
मुक्तिनाथ भ्रमणमा आएकी अमेरिकन महिलाको लेकसाइडको होटलबाट अपहरण
२०८१ चैत्र १४, बिहिबार