फागुण ३, २०८१ शनिबार February 15, 2025

पाशुपत क्षेत्रमा गंगाको दिव्य रथयात्रा

जलकी अधिष्ठात्री देवी गंगामाईको दिव्य रथयात्रा गर्ने परम्परा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। पशुपति क्षेत्रमा प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन गरिने गंगामाई रथयात्रा सुरू भएको छ। यहाँ जलकी अधिष्ठात्री देवी गंगामाईको दिव्य रथयात्रा गर्ने परम्परा छ। पशुपतिनाथ मन्दिर तथा पाशुपत क्षेत्रमा गंगाको दिव्य रथयात्रा तथा विशेष अर्चना गरेपछि पानी पर्ने एवं खडेरी नहुने विश्वास गरिन्छ।

यस जात्रामा राज्यबाट हर्ष बढाइँका लागि गुरूज्यूको पल्टनले सलामीसमेत प्रदान गर्ने परम्परा छ। पशुपति क्षेत्र विकास कोषले गंगामाई जात्राको प्रतीकका रूपमा यसलाई निरन्तरता दिँदै आएको छ। पाशुपत क्षेत्र शाक्त सम्प्रदायको समेत उपासना स्थल हो। यसैले पनि गंगामाई रथयात्राको विशेष महत्व छ।

भगवान् श्री पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको माता गंगाको अष्टधातुको मूर्तिलाई रथारोहण गराई पाशुपत क्षेत्रको देवमार्गमा परिक्रमा गराइन्छ। आज अपराह्न पशुपतिनाथको बज्रघरबाट रथयात्रा सुरु भएको कोषबाट जात्रा पर्व हेर्ने कर्मचारी वरुण खतिवडाले जानकारी दिए। जात्रा आजै समापन हुने जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया