श्रावण ३, २०८२ शनिबार July 19, 2025

लुम्बिनी प्रदेशमा भेटिए १ सय ७९ जना डेंगु सङ्क्रमित

लुम्बिनीका १२ जिल्लामध्ये पाल्पामा सबैभन्दा धेरै जनामा डेंगु सङ्क्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बाँके। लुम्बिनी प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म १ सय ७९ जनामा डेंगुको सङ्क्रमण देखिएको छ। लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये पाल्पामा सबैभन्दा धेरै जनामा डेंगु सङ्क्रमण देखिएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत मानबहादुर ओलीले यो सिजनमा हालसम्म १ सय ७९ जना भेटिएको र पछिल्लो समय वृद्धि हुँदै गएको जानकारी दिनुभयो। पाल्पामा ६३ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

हालसम्म रुपन्देहीमा ५० जना, बाँकेमा १९ जना, दाङमा १८ जना, अर्घाखाँचीमा १६ जना, बर्दियामा ७ जना, रोल्पा र प्युठानमा २र२ जना, रुकुम पूर्व र कपिलवस्तुमा १र१ जना संक्रमित भेटिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार