श्रावण ३०, २०८३ शनिबार August 15, 2026

लुम्बिनी प्रदेशमा भेटिए १ सय ७९ जना डेंगु सङ्क्रमित

लुम्बिनीका १२ जिल्लामध्ये पाल्पामा सबैभन्दा धेरै जनामा डेंगु सङ्क्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बाँके। लुम्बिनी प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म १ सय ७९ जनामा डेंगुको सङ्क्रमण देखिएको छ। लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये पाल्पामा सबैभन्दा धेरै जनामा डेंगु सङ्क्रमण देखिएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत मानबहादुर ओलीले यो सिजनमा हालसम्म १ सय ७९ जना भेटिएको र पछिल्लो समय वृद्धि हुँदै गएको जानकारी दिनुभयो। पाल्पामा ६३ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

हालसम्म रुपन्देहीमा ५० जना, बाँकेमा १९ जना, दाङमा १८ जना, अर्घाखाँचीमा १६ जना, बर्दियामा ७ जना, रोल्पा र प्युठानमा २र२ जना, रुकुम पूर्व र कपिलवस्तुमा १र१ जना संक्रमित भेटिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया