काठमाडौंः त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायले शैक्षिक सत्र २०८१/२०८२ का लागि स्नातक तह ब्यच्लर्स अफ इन्फरमेशन एण्ड कम्युनिकेसन टेक्नोलोजी एजुकेशन (बिआईसिटिई) मा भर्नाका लागि आवेदन माग गरेको छ । सेमेस्टर प्रणालीमा आधारित प्रथम सेमेस्टरमा नयाँ भर्ना गर्न प्रवेश परीक्षाका लागि आवेदन माग गरेको हो ।
इच्छुक विद्यार्थीहरुले प्रवेश परीक्षा आवेदन फाराम साउन १ गतेदेखि भदौ ७ गतेसम्म र विलम्ब शुल्कमा भदौ ८ गतेदेखि १४ गतेसम्म बुझाउन सक्ने छन् । साथै भर्ना कार्यक्रम जुनसुकै विषय लिई कक्षा १२ को परीक्षामा २.०१ जिपिए वा सोभन्दा बढी ग्रेड ल्याई उत्तीर्ण विद्यार्थीले फाराम भर्न पाउनेछन् ।
प्रवेश परीक्षा आवेदन फाराम बापत नियमित शुल्क रु. १,५००/– तथा विलम्ब शुल्क रु. ३,०००/– लाग्नेछ भने शुल्क ई–सेवा मार्फत बुझाउनुपर्नेछ । साथै प्रवेश परीक्षा आगामी भदौ २५ गते मङ्गलबार दिउँसो १ः०० बजेदेखि सञ्चालन हुने जनाएको छ । नतिजा प्रकाशन भदौ ३१ गते, विद्यार्थी भर्ना असोज १ गतेदेखि १६ गतेसम्म र कक्षा सञ्चालन कात्तिक २५ गतेदेखि हुने सूचनामा उल्लेख छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया