असार २१, २०८२ शनिबार July 5, 2025

प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा ‘अषाढी जात’

असार शुक्ल अष्टमीका दिन त्रिपुरासुन्दरीको भण्डार घरबाट भण्डार ल्याएर मन्दिरमा राख्ने चलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बैतडी, २९ असारः बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा जात्रा सुरु भएको छ । दशरथचन्द नगरपालिका–८ मा रहेको त्रिपुरासुन्दरी भगवती मन्दिरमा लागेको यो जात्रालाई स्थानीय भाषामा ‘अषाढी जात’ पनि भनिन्छ ।

हरेक वर्ष असार शुक्ल पक्षको अष्टमी र नवमी तिथिमा मन्दिरमा ‘अषाढी जात’लाग्ने स्थानीय राजेन्द्रसिंह थापाले जानकारी दिनुभयो । असार शुक्ल पक्षको प्रतिपदाका दिनदेखि आठौँ दिनमा जात्रा सुरु हुने र नवमीको दिनमा जात्रा सम्पन्न हुने गर्दछ ।

असार शुक्ल अष्टमीका दिन त्रिपुरासुन्दरीको भण्डार घरबाट भण्डार ल्याएर मन्दिरमा राख्ने चलन रहिआएको छ । नवमीका दिन त्रिपुरासुन्दरीको सवारी कापडीगाउँमा हुने र त्यहाँबाट फर्केपछि सिंहासनमा विराजमान गराइने चलन रहिआएको छ । असार शुक्ल नवमीको साँझ भण्डार घरमा पुर्याएपछि जात्रा समापन हुने गरेको थापाले बताउनुभयो ।

‘अषाढी जात’मा पनि दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । त्रिपुरासुन्दरीको जात्रामा दर्शनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीसमेत पुग्छन् । भारतको झुलाघाट, पिथौरागढलगायत क्षेत्रबाट त्रिपुरासुन्दरीको दर्शनका लागि दर्शनार्थीहरु नेपाल पुग्ने गरेका छन् ।

त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक वर्षको कार्तिक शुक्ल अष्टमी र नवमी तथा असार शुक्ल अष्टमी र नवमीका दिन बलिसहितको जात्रा हुने हुन्छ । यस्तै असोजको नवरात्र र चैतै दसैँमा पनि मन्दिरमा पूजाआजासहितको जात्रा हुने गरेको छ । त्रिपुरासुन्दरी भगवतीलाई स्थानीयवासीले रणशैनी भगवतीका रूपमा पुर्काने गरिएको छ । त्रिपुरासुन्दरीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार