श्रावण ३०, २०८३ शनिबार August 15, 2026

मधेस प्रदेशमा एचआईभी सङ्क्रमितको संख्या चार हजारभन्दा बढी

एक सय ३६ पालिकामा प्रयोगशाला स्थापना गरेर सर्ने तथा नसर्ने रोगको नियमित रूपमा परीक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुर । मधेस प्रदेशमा चार हजार दुई सय ८७ जना एचआईभी सङ्क्रमितले नियमित औषधि सेवन गरिरहेका छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले धनुषाको लालगढमा आयोजना गरेको तीन दिने प्रयोगशालासम्बन्धी प्रशिक्षण समापनमा एचआईभी सङक्रमितबारे उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो ।

मधेस प्रदेश सरकारले एक सय ३६ पालिकामा प्रयोगशाला स्थापना गरेर सर्ने तथा नसर्ने रोगको नियमित रूपमा परीक्षण गरिरहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख एवम् वरिष्ठ भाइरोलोजिष्ट डा.श्रवणकुमार मिश्रले जानकारी दिए ।

उनले रोगको पहिचान तथा निदानमा प्रयोगशालाको भूमिका महत्त्वपूर्ण हुने बताए । प्रदेश भर स्थापना भएका प्रयोगशालाबाट दीर्घ रोगको पहिचान तथा नियन्त्रण गरी प्रदेशवासीलाई स्वस्थ राख्ने अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया