श्रावण ३०, २०८३ शनिबार August 15, 2026

जुम्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

१६ देखि ५९ महिनाभित्रका दुई हजार नौ सय २७ बालबालिकालाई सबै खोप लगाइएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जुम्ला, ३१ असार : जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समिति र जनस्वास्थ्य सेवा कार्यालयको आयोजनामा आज एक कार्यक्रमका बीच खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।

जनस्वास्थ्य सेवा कार्यालय प्रमुख कृष्ण सापकोटाले चालु आर्थिक वर्षमा यहाँका आठवटै स्थानीय तहका बालबालिकालाई पूर्णरूपमा खोप लगाइएकाले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको बताउनुभयो । जिल्लामा रहेका १६ देखि ५९ महिनाभित्रका दुई हजार नौ सय २७ बालबालिकालाई सबै खोप लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले निरोगी हुनका लागि खोप अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रममा जिल्लाका आठवटै स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मान गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया