मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

अर्घाखाँची १० औँ पटक पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा

अर्घाखाँचीमा १८४ वटा खोपकेन्द्रबाट प्रत्येक महिना १८७ खोप सेसनद्वारा निरन्तर खोप सेवा प्रदान गरिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सन्धिखर्क, साउन १ गते । अर्घाखाँची १० औं पटक पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा भएको छ । नौ हजार ९३५ बालबालिकालाई खोप लगाएर अर्घाखाँची पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा भएको हो ।

जिल्लाका छ पालिकाले पूर्ण खोप सुनिश्चितका लागि ९५ प्रतिशत सूचकाङ्कको मापडण्ड पूरा गरेकाले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । नियमित मासिक रूपमा २६३ खोप केन्द्रबाट ३ हजार ९४५ सेवाग्राही उमेर समूहका बालबालिकालाई खोप प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा हाल १५ महिनाभित्रका दुुई हजार ७९० बालबालिकाले खोप लगाइरहेका छन् । पाँच वर्षमुनिका नौ हजार ९३५ जना बालबालिकाले पूर्ण खोप पाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुुख शिव नेपालीले जानकारी दिनुुभयो । उहाँले भन्नुुभयो, “नेपाल सरकारका सञ्चालित विभिन्न स्वास्थ्य कार्यक्रममध्ये राष्ट्रिय खोप कार्यक्रम राज्यका तीन वटै सरकार सङ्घ, प्रदेश र स्थानीय तहको पहिलो प्राथमिकतामा रहेको सर्वाधिक सफल र लागत प्रभावकारी कार्यक्रम हो ।”

blog

खोपको माध्यमबाट बालबालिकाहरुको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरक्षा प्रणालीको विकास गरी रोग लाग्नबाट बचाउनु नै खोप सेवाको मुख्य उद्देश्य छ । उहाँले भन्नुुभयो, “खोप सेवाले सङ्क्रामक रोगविरुद्ध प्रतिकारात्मक कार्य गर्छ, अतस् रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु नै उत्तम हो ।” अर्घाखाँची जिल्लामा १८४ वटा खोपकेन्द्रबाट प्रत्येक महिना १८७ खोप सेसनद्वारा निरन्तर खोप सेवा प्रदान गरिँदै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार