असार २७, २०८२ शुक्रबार July 11, 2025

भ्याली भ्यु स्कुल अन्तरविद्यालय कविता प्रतियोगिता सम्पन्न, २७ विद्यालयका ४० विद्यार्थी सहभागिता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौंको मध्यबानेश्वरमा रहेको भ्याली भ्यु स्कुलमा कविता वाचन र कविता प्रतियोगिता गरी भानुजयन्ती मनाइएको छ। २११औं भानुजयन्तीका अवसरमा सत्रौं उपत्यकाव्यापी अन्तरमाध्यमिक विद्यालयस्तरीय कविता प्रतियोगितालगायत गतिविधि गरी विद्यालयले भानुजयन्ती मनाएको हो।

विद्यालयले आयोजना गरेको भानुजन्तीका अवसरमा वरिष्ठ साहित्यकार प्राडा वासुदेव त्रिपाठी, कवि तथा भानु प्रतिष्ठानका अध्यक्ष डा. नवराज लम्साललगायतका कविहरूको सहभागिता रहेको थियो। कार्यक्रममा डा. लम्सालले कविता वाचन गरेर विद्यार्थीलाई सुनाएका थिए।

विद्यार्थीले पनि भानुभक्तमा आधारित कविता, संस्कृति गीतलगायत प्रस्तुतिहरू प्रदर्शन गरेका थिए। कविता वाचन गर्दै डा. लम्सालले विद्यार्थीहरूलाई साहित्य सिर्जना गर्न विद्यालयमा गरिने गतिविधिले सहयोग गर्ने बताए। ‘किताबी ज्ञान मात्रै भएर हुँदैन, विद्यार्थीमा अन्य रचनात्मक प्रतिभा पनि हुनुपर्छ,’ उनले भने, ‘विद्यालयहरूले आयोजना गरेका गतिविधिले विद्यार्थीलाई साहित्यको बाटो डोर्‍याउन सहयोग पुर्‍याएको छ।’

भ्याली भ्यु स्कुलले आयोजना गरेको विद्यालयस्तरीय कविता प्रतियोगितामा युनाइटेड एकेडेमी, इमाडोलकी छात्रा आराध्या पराजुलीले प्रथम स्थान हासिल गरेकी छिन्। कविता प्रतियोगितामा द्वितीय पुरस्कार कान्ति भैरव गुरुकुल स्कुल गोकर्णेश्वरका पुसप खरेल, तृतीय पुरस्कार पाठशाला फाउन्डेसन नेपाल बागडोलका समिरन चालिसे र चतुर्थ पुरस्कार डियरवाक स्कुल सिफलका अनुश्री आचार्यलाई प्रदान गरिएको छ।

प्रतियोगितामा उपत्काका २७ विद्यालयका कक्षा १० सम्म अध्ययनरत ४० जना विद्यार्थीले भाग लिएको भ्याली भ्यु स्कुलका प्रधानाध्यापक सुभाषचन्द्र भण्डारीले बताए। उनले विद्यालयले आयोजना गरेको यस प्रकारको कार्यक्रमले विद्यार्थीलाई साहित्यिक बाटोमा अग्रसर हुन र प्रतिभा उजागर गर्न सहयोग पुर्‍याउने बताए। विद्यालयले १७ वर्षदेखि भानुजयन्तीको अवसरमा यसरी नै कविता प्रतियोगिता आयोजना गर्दै आइरहेको छ।

यसै गरी यस वर्षको कला साधना शैक्षिक सम्मान वरिष्ठ कलाकार मिथिला शर्मालाई प्रदान गरिएको छ। भ्याली भ्यु स्कुलले नै असार ३० गते सम्पन्न गरेको भानुजयन्ती विशेष सांस्कृतिक कार्यक्रमका अवसरमा उक्त सम्मान अर्पण गरिएको थियो। प्राथमिक तहका विद्यार्थीलेले उक्त सांस्कृतिक कार्यक्रमका अवसरमा विविध  लोकनृत्यको प्रस्तुति, नाटक प्रदर्शन, गीत-गायन तथा कविता वाचन गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार