श्रावण ३१, २०८३ आइतबार August 16, 2026

राष्ट्रपति बाइडेनलाई श्वासप्रश्वासमा हल्का समस्या

बाइडेनमा सामान्य अस्वस्थताका साथै हल्का रुघाखोकी र माथिल्लो श्वासप्रश्वास नलीमा समस्याका लक्षणहरू रहेको खुलासा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन, साउन  ४ गते । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ सङ्क्रमणसँग सम्बन्धित श्वासप्रश्वासमा हल्का समस्याको लक्षण’ अनुभव गर्नुभएको र चिकित्सकको सल्लाहमा प्याक्सलोभिडको डोज दिइएको ह्वाइट हाउसले जनाएको छ ।

बाइडेनका चिकित्सक डा. केभिन ओ कनरले अमेरिकी राष्ट्रपतिलाई ज्वरो नआएको र सङ्क्रमणसँग सम्बन्धित अन्य लक्षणहरू पनि सामान्य रहेको बताउनुभएको छ ।

डा. केभिन ओ कनरले भन्नुभयो “राष्ट्रपतिले कोभिड–१९ सङ्क्रमणका कारण माथिल्लो श्वासप्रश्वास नलीमा हल्का समस्या अनुभव गरिरहनुभएको छ । उहाँलाई प्याक्सलोभिड दिइराखेका छौँ । उहाँलाई ज्वरो आएको छैन र अन्य महत्वपूर्ण लक्षणहरू सामान्य छन्।”

“राष्ट्रपतिको अनुमति लिएर मैले पहिले जस्तै नियमित अपडेटहरू प्रदान गर्न जारी राख्नेछु”, उहाँले बताउनुभयो ।

“राष्ट्रपति बाइडेन डेलावेयर फर्केर आइसोलेसनमा बस्नुहुनेछ । त्यस समयमा आफ्नो सबै कर्तव्यहरू पूर्ण रूपमा पालन गर्न जारी राख्नुहुनेछ,” ह्वाइट हाउसले बुधबार जारी गरेको विज्ञप्तिमा जनाएको थियो ।

लस भेगासमा आयोजित राष्ट्रिय सम्मेलनमा भाग लिएको एकदिन पछि ८१ वर्षीय राष्ट्रपति बाइडेनमा बुधबार कोभिड–१९ सङ्क्रमण देखिएको हो ।

सकारात्मक परीक्षण गरेपछि बाइडेनले एक्समा एक पोस्टमा भने, “मलाई कोरोना सङ्क्रमण देखाएको छ तर म ठिक छु । शुभकामनाका लागि सबैलाई धन्यवाद दिन चाहन्छु ।”

“म निको नहुँदासम्म आइसोलेसनमा हुनेछु र यस अवधिमा म अमेरिकी जनताप्रतिको मेरो कर्तव्य पुरा गर्न जारी राख्नेछु,” उनले बताउनुभयो ।

राष्ट्रपतिको डाक्टरले बाइडेनमा सामान्य अस्वस्थताका साथै हल्का रुघाखोकी र माथिल्लो श्वासप्रश्वास नलीमा समस्याका लक्षणहरू रहेको खुलासा गर्नुभएको छ ।

यसअघि सन् २०२२ को जुलाईमा बाइडेन पहिलोपटक कोभिड सङ्क्रमित हुनुभएको थियो । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु
२०८३ श्रावण ३१, आइतबार
सुनचाँदीको मूल्य बढ्यो
२०८३ श्रावण ३१, आइतबार
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
२०८३ श्रावण ३१, आइतबार
तालिबान सत्तामा फर्किएको पाँचौँ वर्ष, अफगानिस्तानमा ‘विजय दिवस’को रौनक
२०८३ श्रावण ३१, आइतबार
जाजरकोटमा पहिरोबाट मृत्यु हुनेको संख्या ३ पुग्यो, २ जना अझै बेपत्ता
२०८३ श्रावण ३१, आइतबार
रानाथारू समुदायमा अनौठो तिजः दाजुभाइको दीर्घायुका लागि निराहार व्रत
२०८३ श्रावण ३१, आइतबार
कोशीमा विद्यालय शिक्षक–कर्मचारीका पेशागत समस्या र नीतिगत समाधानबारे नीति संवाद
२०८३ श्रावण ३१, आइतबार