असार २५, २०८२ बुधबार July 9, 2025

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेको नेतृत्वमा संसदीय टोली चीन प्रस्थान

उपाध्यक्ष नेतृत्वको संसदीय प्रतिनिधि मण्डलले जुलाई २३ मा हुने प्रर्दशनीको उद्घाटन समारोहमा भाग लिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरेको नेतृत्वमा एक संसदीय प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणका लागि शनिबार प्रस्थान गरेको छ ।

चीनको युनान प्रान्तको कुन्मिङ सहरमा हुन लागेको ८ औं चीन–दक्षिण एसिया प्रदर्शनीमा सहभागी हुन ६ सदस्य रहेको संसदीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको हो ।

उपाध्यक्ष घिमिरे नेतृत्वको प्रतिनिधिमण्डमा राष्ट्रिय सभा सदस्यहरू मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल र दुर्गाकुमारी गुरुङ रहेका छन् । त्यस्तै, संघीय संसद् सचिवालयका उपसचिव विकास बोहरा र उपाध्यक्षका स्वकीय सचिव प्रेमबहादुर सिंह पनि प्रतिनिधिमण्डलमा रहेका छन् ।

उपाध्यक्ष नेतृत्वको संसदीय प्रतिनिधि मण्डलले जुलाई २३ मा हुने प्रर्दशनीको उद्घाटन समारोहमा भाग लिनेछ । प्रर्दशनीको उद्घाटन कार्यक्रममा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रतिनिधिमण्डलले युनान प्रान्तका उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

उपाध्यक्ष घिमिरे नेतृत्वको संसदीय प्रतिनिधिमण्डल २५ जुलाई, २०२४ मा नेपाल फर्कने तालिका रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खेलाडीहरूले खेलेरै बाँच्न सक्ने स्थिति बनेको छ : प्रधानमन्त्री
२०८२ असार २५, बुधबार
कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निष्काशित
२०८२ असार २५, बुधबार
सप्तकोशी नदी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनको आग्रह
२०८२ असार २५, बुधबार
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त
२०८२ असार २५, बुधबार
वाइसिएलले दुईमहिने श्रम तथा उत्पादन अभियान चलाउने
२०८२ असार २५, बुधबार
गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयत्न जरुरी छ : उपप्रधानमन्त्री सिंह
२०८२ असार २५, बुधबार
कारागारमा मौसमी रुघा र ज्वरोको समस्या
२०८२ असार २५, बुधबार