कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

उर्जा विकासले स्थानीय जनतालाई आर्थिक सम्पन्न बनाउन सकिन्छ : उर्जामन्त्री खड्का

’उर्जालाई स्थानीय जनतासँग प्रत्यक्ष जोड्न सके आर्थिक रुपमा सम्पन्न बनाउने सकिन्छ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले सरकारले उर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै यसका कारण स्थानीय जनतालाई आर्थिक रुपमा सम्पन्न बनाउन सकिने बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा उनले उर्जाविकासबाटै मुलुक समृद्ध हुने बताए । ’उर्जालाई स्थानीय जनतासँग प्रत्यक्ष जोड्न सके आर्थिक रुपमा सम्पन्न बनाउने सकिन्छ’,संखुवासभा–काठमाडौैं जर्नालिस्ट एशोसिएसनद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उर्जामन्त्री खड्काले भने ।

उनले संखुवासभामा बन्न लागेको अपर अरुण आयोजना स्थानीय जनताको हितमा हुने गरी अगाडी बढाईने पनि उनको प्रतिबद्धता थिए । उनले जिल्लाका प्रत्येक घरधुरीलाई ५ लाख रुपैयाँ बराबरको शेयर दिनेमा आफ्नो प्रतिबद्धता रहेको पनि जानकारी दिए ।

आफू मुलुकै उर्जामन्त्रीको जिम्मेवारीमा रहेको भए पनि संखुवासभावासी भएको नाताले जिल्लाको विकासलाई प्राथमिकतामा राख्ने उनले बताए ।

पूर्व सचिव शारदाप्रसाद त्रितालले सुशासन र भ्रष्टाचारबाट मुलुकलाई मुक्त गर्न सके मुलकमा आर्थिक समृद्धि आउने विश्वास व्यक्त गरे । उनले नवनियुक्त मन्त्रीहरुलाई सुशासनमा जोड दिन आग्रह गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया