श्रावण ३१, २०८३ आइतबार August 16, 2026

टन्सिल भएमा यसरी गर्नुहोस घरमै उपचार

संभव भएसम्म टन्सिलमा औषधी सेवन गर्नु भन्दा प्राकृतिक एवम् घरेलु उपचार गर्नु उत्तम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चिसो मौसम होस् वा अत्यधिक चिसो खादाँ आजकल धेरै मानिसलाई टन्सिल भइरहेको हुन्छ । टन्सिल हुदाँ ज्वरो आउँने, काम गर्ने जाँगर नचल्ने तथा सामान्य दिनचर्यामा नै प्रभावित हुने गर्दछ ।

टन्सिल भएको छ ? यस्ता छन् घरेलु उपायहरु ! – Daunne News

टन्सिलाइटिस नामक ग्रन्थीमा हुने संक्रमण, घाउ वा सुन्निएमा हामी त्यसलाई टन्सिल भन्दछौ । यस्तो अवस्थामा खानपिन गर्न वा थुक निल्म मात्र निकै अप्ठेरो हुने गर्दछ ।

टन्सिलाइटिस यस्तो ग्रन्थी हो, जहाँ सामान्य अवस्थामा हानिकारक ब्याक्टेरियाबाट शरीरलाई रक्षा हुने गर्दछ । मुखबाट शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया टन्सिलाइटिसले रोक्दछ । तर जब टन्सिलाइटिस नै संक्रमित हुन्छ यसले शरीरमा समस्या निम्त्याउँन गर्दछ ।

तर, संभव भएसम्म टन्सिलमा औषधी सेवन गर्नु भन्दा प्राकृतिक एवम् घरेलु उपचार गर्नु उत्तम हुन्छ ।

१. नुनपानीले कुल्ला गर्ने

टन्सिल भएमा मनतातो पानीमा नुन हालेर कुल्ला गर्नु सबैभन्दा प्रभावकारी उपाय हो । दैनिक ३/४ पटक नूनिलो पानीले कुल्ला गरे टन्सिल सुन्निन कम हुन्छ र दुखाईमा पनि राहत मिल्छ ।

२. बेसार पानी खाने

बेसारले शरीरको भित्री संक्रमणबाट बचाउन समेत प्रभावकारी मानिन्छ । बेसार आफैमा प्राकृतिक एन्टिबायोटिक हो । बेसारलाई मनतातो पानी राखेर दैनिक ३/४ कुल्ला गरेमा पनि टन्सिल कम हुन्छ ।

३. तुलसीको पात चपाउने

धार्मीक महत्व बोकेको तुलसी बहुगुणी वनस्पती मानिन्छ । टन्सिल भएको अवस्थामा तुलसीको पात मुखमा राखेर चपाएमा यसमा राहत मिल्दछ । पानीमा उमालेर खाएमा पनि तुलसीको पातले राहत दिलाउँछ ।

४. मह र दालचिनी खाने

मह र दालचिनि टन्सिलमा फाइदाजनक हुन्छन् । दालचिनीमा दुखाई कम गर्ने तथा महमा एन्टिब्याक्टेरियल गुण हुन्छ । दुई चुट्की दालचिनीलाई एक चम्चा महमा मिसाएर दिनमा तीन पटक सेवन गरे टन्सिलको दुखाई भाग्छ र सुन्निन पनि कम हुन्छ ।

५. हर्बल चिया

टन्सिलका कारण टन्सिलाइटिसको संक्रमण हुन्छ र हर्बल चियाले यसमा जमेको ब्याक्टेरिया र किटाणु बिस्तारै बिस्तारै मारिदिन्छ । हर्बल चिया पिउँदा पनि टन्सिलको समस्याबाट छिट्टै छुट्कारा पाउन सकिन्छ । यसले गर्दा घाँटी सुन्नि कम हुन्छ र दुखाई पनि ठिक हुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु
२०८३ श्रावण ३१, आइतबार
सुनचाँदीको मूल्य बढ्यो
२०८३ श्रावण ३१, आइतबार
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
२०८३ श्रावण ३१, आइतबार
तालिबान सत्तामा फर्किएको पाँचौँ वर्ष, अफगानिस्तानमा ‘विजय दिवस’को रौनक
२०८३ श्रावण ३१, आइतबार
जाजरकोटमा पहिरोबाट मृत्यु हुनेको संख्या ३ पुग्यो, २ जना अझै बेपत्ता
२०८३ श्रावण ३१, आइतबार
रानाथारू समुदायमा अनौठो तिजः दाजुभाइको दीर्घायुका लागि निराहार व्रत
२०८३ श्रावण ३१, आइतबार
कोशीमा विद्यालय शिक्षक–कर्मचारीका पेशागत समस्या र नीतिगत समाधानबारे नीति संवाद
२०८३ श्रावण ३१, आइतबार