श्रावण १६, २०८३ शनिबार August 1, 2026

बालुवाटार बैठकमा शीर्ष नेताहरुले प्रधानमन्त्रीलाई भने- अब तपाइँ प्रधानमन्त्रीबाट हट्नूस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी समिति बैठक मंगलबार खास एजेन्डामा प्रवेश नगरी प्रधानमन्त्रीको राजीनामा केन्द्रित भएको छ । बैठक सुरु भएलगत्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले प्रधानमन्त्रीले तत्कालै राजीनामा दिनुपर्ने माग गरेका थिए ।

“अब तपाइँ हट्नुस्,” नेकपाका अध्यक्ष दाहालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, “सरकारले डेलिभरी दिन सकेन । अब सरकारमा बस्नुको औचित्य छैन । पहिला पनि मैले राजीनामा मागेको हुँ, अहिले पनि भन्छु अब तपाइँ प्रधानमन्त्रीबाट हट्नुस् ।”

दाहाललाई नेताहरु नेपाल, खनाल र गौतमले साथ दिएका थिए । त्यसलगत्तै बोलेका नेताहरुले प्रधानमन्त्रीले तत्कालै राजीनामा दिनुपर्ने माग गरेका थिए । “हामीले नै तपाइँलाई हटाउन खोजेको हो,” शीर्ष नेताहरुको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, “अहिले दूतावासले हटाउन खोज्यो भन्नुको कुनै अर्थ छैन । सरकारले काम गर्न सकेन । प्रधानमन्त्रीले काम गर्न सक्नुभएन ।”

प्रधानमन्त्री ओलीले नेताहरुलाई जवाफ दिने क्रममा स्थायी कमिटीमा उठेका विषयहरु जस्ताको त्यस्तै दिल्लीका मिडियामा आएको भन्दै नेताहरुको आलोचना गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
२०८३ श्रावण १६, शनिबार
सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न मुख्यमन्त्री शाहको निर्देशन
२०८३ श्रावण १६, शनिबार
रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीन जनाको मृत्यु, दर्जनौँ घाइते
२०८३ श्रावण १६, शनिबार
राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन
२०८३ श्रावण १६, शनिबार
प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको मोदीको भनाइ
२०८३ श्रावण १६, शनिबार
धनुषामा कर्फ्यु हटाइएर निषेधाज्ञा जारी
२०८३ श्रावण १६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण १६, शनिबार