असार २८, २०८२ शनिबार July 12, 2025

पूर्वाञ्चल विश्वविद्यालयमा स्नातक तहमा आईटी कार्यक्रममा भर्ना खुल्यो

१२ कक्षाको परीक्षाफल पर्खिरहेका विद्यार्थीहरूले समेत फारम भर्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पूर्वाञ्चल विश्वविद्यालयले शैक्षिक सत्र २०८१/८२ का लागि स्नातक तह अन्तर्गत सूचना प्रविधि (आईटी) कार्यक्रममा भर्ना खुला गरेको छ । विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले हालै एक सूचना जारी गर्दै आङ्गिक तथा सम्बन्धनप्राप्त कलेजहरूका लागि भर्ना खुला गरेको हो ।

यसअन्तर्गत ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए), ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी), ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स (बीटेक इन एआई), ब्याचलर अफ टेक्नोलोजी इन बायोटेक्नोलोजी (बीटेक बायोटेक), ब्याचलर अफ साइन्स इन बायोटेक्नोलोजी (बीएससी बायोटेक्नोलोजी) लगाययतका कार्यक्रम रहेका छन् ।

इच्छुक विद्यार्थीले ३२ असोजसम्म एक हजार पाँच सय रुपैयाँ तिरेर नियमित र दोब्बर दस्तुरबापत तीन हजार रुपैयाँ तिरेर ५ भदौसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।

यी शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा ८ भदौमा हुने छ भने परीक्षा केन्द्र पछि प्रकाशन गरिने विश्वविद्यालयले जनाएको छ ।

१२ कक्षाको परीक्षाफल पर्खिरहेका विद्यार्थीहरूले समेत फारम भर्न सक्ने विश्वविद्यालयले जनाएको छ । तर १२ कक्षामा अनुत्तीर्ण हुने विद्यार्थीको नामावली प्रवेश परीक्षाको नतिजाबाट स्वतः हटाइने विश्वविद्यालयको सूचनामा उल्लेख छ ।

यी शैक्षिक कार्यक्रमहरूमा भर्ना भएका मध्ये १० प्रतिशत (पाँच/पाँच प्रतिशत जेहेन्दार र आरक्षित)लाई छात्रवृत्ति प्रदान गर्ने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयको आङ्गिक तथा सम्बन्धनप्राप्त कलेज यस प्रकार छन्:

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार