असार २३, २०८२ सोमबार July 7, 2025

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू नगर्न माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः २०७७ सालको शैक्षिक सत्रबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई नयाँ पाठ्यक्रम लागू गर्ने सरकारी निर्णयमा निजी विद्यालयका सञ्चालकहरूले असहमति जनाएका छन् ।

कक्षा सञ्चालनको टुङ्गो नभएको तथा हालको अवस्थामा विद्यार्थीको पाठ्यभार घटाउने अन्तर्राष्ट्रिय अभ्यासविपरीत विद्यार्थीलाई थप बोझ बनाउन नहुने अडान उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान)ले लिएको छ ।

सङ्घका सचिव रामहरि सिलवालले अहिलको अवस्थामा शैक्षिक सत्र नै छ÷सात महिनामा सक्नुपर्ने अवस्था आउन सक्ने र अध्ययन अध्यापनका लागि विद्यार्थी र शिक्षकसमेत तयार हुन कठिन हुने अवस्थामा नयाँ पाठ्यक्रम लागू गर्न हुँदैन भन्ने औपचारिक निर्णयमा आफूहरू पुगेको जानकारी दिनुभयो ।

कक्षा ११ मा विषय थप भएसँगै विद्यालयहरूले भौतिक संरचना, शिक्षकको तयारीलगायतका धेरै कुरामा ध्यान दिनुपर्ने उहाँले स्पष्ट पार्नुुभयो । सरकारले भने २०७७ सालदेखि नै कक्षा ११ बाट नयाँ पाठ्यक्रम लागू गरिने जानकारी दिँदै त्यसका लागि आवश्यक तयारी गरिएको जनाएको छ ।

सरकारी तयारी अनुसार अब कक्षा ११ मा अनिवार्य तीनवटा विषय अध्ययन गर्नुपर्नेछ । नेपाली, अङ्ग्रेजी र सामाजिक अध्ययन गरी तीन विषय अनिवार्य बनाइने भएको हो । यसअघि कक्षा ११ मा नेपाली र अङ्ग्रेजी गरी दुई विषय मात्रै अनिवार्य थियो ।

कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुन नसकेको तथा कक्षा ११ र १२ को परीक्षाका बारेमा समेत अन्योल रहेका बेला सरकारले कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न हुँदैन भन्ने आफूहरूको भनाइ रहेको सिलवालको भनाइ छ ।

कक्षा ११ मा झन्डै ७० प्रतिशत विद्यार्थी निजी माध्यमिक विद्यालयमा अध्ययन गर्ने भएकाले यसमा आफूहरूसित पनि समन्वयमा काम गर्न सङ्घले माग गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार