कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु

केहि राजदुत फिर्ता र सिफारिस बारे निर्णय हुनसक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अगाडीबाट बैठक सुरु भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुरु भएको बैठकमा दैनिक प्रशासनिक काम कारबाही तथा केहि राजदुत फिर्ता र सिफारिस बारे निर्णय हुनसक्ने बताइएको छ ।

आजको बैठकमा उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, श्रम राेजगार तथा समाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी,संञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ लगायतको उपस्थिति रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया