श्रावण २८, २०८३ बिहिबार August 13, 2026

शुक्लाफाँटाका दुई बालकमा दादुरा–रुबेला पुष्टी

दादुरा–रुबेला रोकथामका लागि खोप अभियान सञ्चालनको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर, १३ साउन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा दादुरा–रुबेलाका बिरामी फेला परेका छन् । आठ वर्षीय र २२ महिनाका बालकमा दादुरा–रुबेला देखिएको हो । अन्य १९ शङ्कास्पद बिरामी फेला परेका छन् ।

शङ्कास्पद बिरामीमा दादुरा–रुबेला भए नभएकाबारे परीक्षण गर्ने काम भइरहेको छ । दादुरा–रुबेला नियन्त्रण तथा व्यवस्थापन गर्न सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायसँग आवश्यक समन्वय सहकार्य गरी जनशक्ति परिचालन गरेको छ ।

विश्वस्वास्थ्य सङ्गठन, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय कञ्चनपुरको टोलीले छुट्टाछुट्टै रुपमा दादुरा–रुबेला देखिएको क्षेत्रमा पुगेर अनुसन्धान अध्ययन गरेका छन् । बाइस महिनाका बालकले दीपनगर आधारभूत स्वास्थ्य केन्द्रमा नियमित खोपअन्तर्गत दादुरा–रुबेलाको खोप लगाएका हुन् भने आठ वर्ष १० महिनाका बालक पहाडबाट बसाइँसराइ गरेर यहाँ आएका हुन । दादुरा–रुबेला देखिएका क्षेत्रमा खोप कार्यक्रम सञ्चालन गरिने भएको छ ।

दादुरा–रुबेला भएको क्षेत्रमै लगाउने वा पूरै नगरपालिका क्षेत्रमा लगाउने वा नजिकका पालिकामा लगाउने भन्नेबारे छलफल भइरहेको स्वास्थ्य निर्देशनालय दिपायलका महामारी नियन्त्रणसम्बन्धीका सम्पर्क व्यक्ति हेमराज जोशीले बताउनुभयो । दादुरा–रुबेला रोकथामका लागि खोप अभियान सञ्चालनको तयारी भइरहेको उहाँले बताउनुभयो ।

हैजा देखा परेको कैलालीको धनगढी उपमहानगरपालिका–१ त्रिवेणी चोक क्षेत्रबाट खानेपानी र दिसाको नमुना सङ्कलन गरी प्रयोगशालामा जाँचको काम भइरहेको छ । सो क्षेत्रमा गत बिहीबार २३ र २६ वर्षीय दुई युवकमा हैजा देखापरेको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
२०८३ श्रावण २८, बिहिबार
आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा ठाकुर नियुक्त
२०८३ श्रावण २८, बिहिबार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले दिए राजीनामा
२०८३ श्रावण २८, बिहिबार
दलित समुदायका हक, अधिकार कार्यान्वयन गर्न विधेयक तर्जुमाः मन्त्री गौतम
२०८३ श्रावण २८, बिहिबार
इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार
२०८३ श्रावण २८, बिहिबार
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
२०८३ श्रावण २८, बिहिबार
हर्मुज नखुलेको इरानको दाबी
२०८३ श्रावण २८, बिहिबार