कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

बालसुधार गृहको अवस्था सुधार गर्नुपर्छ : गृहमन्त्री लेखक

कैदी बन्दीले भोग्नुपरेको स्वास्थ्य र सरसफाइका समस्या सम्बोधन गर्ने सरकारले ध्यान दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, साउन १३ गते । गृहमन्त्री रमेश लेखकले कारागार र बालसुधार गृहको सुधारमा तीनै तहका सरकारको समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । आइतबार बिहान संघीय संसदको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो ।

“अत्यधिक संख्यामा कैदीबन्दी रहेको समस्या देशभरि छ । भौतिक संरचनाको राम्रो विषय उठाउनु भएको छ” मन्त्री लेखकले भन्नुभयो– “भौतिक संरचनामा सुधार गर्न आवश्यक छ ।” उहाँले यस्तै बाल सुधार गृहमा पनि ठाउँको अभाव रहेको बताउनुभयो । भौतिक संरचना अभाव देखिएको उहाँको भनाइ छ ।

“हामीसित ८ वटा जिल्लामा ९ वटा बालसुधार गृह छन्” उहाँले भन्नुभयो, “यसको सुधार गर्न सबैलाई सरकारले राम्रोसँग सञ्चालन गर्नुपर्ने देखिएको छ ।”

कैदीबन्दीको सिदा र दैनिक खर्च कम भएको विषयमा सरकारको ध्यान गम्भीरतापूर्वक जाने गृहमन्त्री लेखकले बताउनुभयो । कैदी बन्दीले भोग्नुपरेको स्वास्थ्य र सरसफाइका समस्या सम्बोधन गर्ने सरकारले ध्यान दिने बताउनुभयो ।

“कैदीबन्दीको सीप विकास र आयआर्जनको कुरामा पनि सरकार गम्भीर छ” गृहमन्त्री लेखक भन्नुभयो, “कारागारलाई सीप विकास केन्द्रका रुपमा विकास जरुरी छ ।” केही न केही उद्यम गरेर आयआर्जन पनि हुने र मानिस व्यस्त हुने अवस्था रहेको उहाँको भनाइ छ ।

कैदीबन्दीको स्वास्थ्य बीमा र सीपको व्यवस्थाका साथै मनोपरामशर्म कार्यक्रम आवश्यक भएको गृहमन्त्री लेखकले बताउनुभयो । कैद कट्टामा सर्वोच्च अदालतले दिएको पछिल्लो निर्देशनअनुसार अगाडि बढ्ने उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया