असार २८, २०८२ शनिबार July 12, 2025

पोखरामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २९ घाइते

घाइतेहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः पोखरामा एलपी देवकोटा मेमोरियल विद्यालयको विद्यार्थी बोकेको बस दुर्घटनामा घाइतेमध्ये कार्यालय सहयोगीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा २१ बस्ने ३३ वर्षीय आरती बिक हुन् ।

सोमबार बिहान पोखरा २१ रामदीबाट बिरौटा फर्किने क्रममा ग १ क ६२१९ नम्बरको बस सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो । बसमा विद्यार्थी, चालक र सहचालक गरी ३० जना सवार रहेको खुलेको छ । दुर्घटनामा घाइतेको उद्धार गरी अस्पताल पठाइएको थियो । तीमध्ये गण्डकी मेडिकल अस्पतालमा पु¥याइएकी आरतीलाई चिकित्सकले मृत घोषित गरेका हुन् ।

घाइतेमध्ये १४ जनाको गण्डकी मेडिकल कलेज, १२ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ३ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । घाइतेमध्ये अन्यको अवस्था सामान्य छ । उनीहरुमध्ये अधिकांशको अनुहार, हातखुट्टा, ढाडमा चोट छ ।

गण्डकी मेडिकल कलेजमा उपचारत् घाइतेमा पोखरा २१ का ९ वर्षीय अनमोल बिक, ५ वर्षीय रोश बराल, १४ वर्षीय दीप्सन कार्की, ६ वर्षीया योजना गुरुङ, १३ वर्षीया डिना गुरुङ, १५ वर्षीया प्रकृति कार्की, ६ वर्षीय प्रिन्स राना, ७ वर्षीया चिजा बिक, ९ वर्षीय प्रवेश कार्की, १२ वर्षीया विसिका पौडेल, ११ वर्षीय विश्वास पौडेल, ५ वर्षीय प्रिन्स बिक, १२ वर्षीया सिम्रन बिक र ११ वर्षीय विवश खत्री हुन् ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत् रहेकाहरुमा पोखरा २१ निवासी ८ वर्षीया अनन्या पौडेल, ३ वर्षीय सिमन मगर, ३ वर्षीय न्यूजन मगर, ७ वर्षीय रिजन मगर, १२ वर्षीय रामकृष्ण नेपाली, २ वर्षीय अंकित खत्री, १४ वर्षीया सीतादेवी बिक, ७ वषीय अस्मित बिक, ३० वर्षीया सुमित्रा सुनार (अभिभावक), २ वर्षीय निर्दोष सुनार, ३० वर्षीया शिक्षक सपना आले, ११ वर्षीय निश्चल सुनार छन् ।

मणिपालमा बसचालक पोखरा १७ बिरौटा निवासी ५५ वर्षीय टेकबहादुर भुजेलको मणिपालमा उपचार भइरहेको छ । उनको ढाडमा चोट छ । यस्तै, ८ वर्षीय निशान सुनार र ५ वर्षीय सागर थापाको उपचार भइरहेको छ ।

बस ब्रेक फेल भएर दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ । विद्यालयका लेखापाल बिन्दु तिमिल्सिनाका अनुसार विद्यार्थी बोक्नका लागि विद्यालयका ३ बस र १ भ्यान छन् । दुर्घटनामा परेको बसले पोखरा २१ को रामदी र एकहातेका ठाउँबाट विद्यार्थी उठाएको थियो । विद्यालयमा हाल ४ सय ६० जना विद्यार्थी पढ्छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार