श्रावण २८, २०८३ बिहिबार August 13, 2026

देशभर २० जना बीरामीमा हैजा पुष्टि

काठमाडौं, ललितपुर र कैलालीमा हैजा संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः यसवर्षको हालसम्म देशभर २० जना बिरामीमा हैजा पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौं, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि भएको जानकारी दिए। उनले सहरी क्षेत्रमा बढ्दो जनधनत्वसँगै सुरक्षित खानेपानी र पर्यावरणीय स्वच्छतामा कमी तथा बाढीपहिरोका घटनाले पानी तथा सरसफाइका पूर्वाधारमा पार्ने नकारात्मक असरका कारण नेपालमा हैजाको संक्रमण देखिने गरेको बताए।

अति संक्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिशा आउने, वाकवाकी लाग्ने, वान्ता हुने र कडा जलवियोजन हुने गर्दछ।

संक्रमणले गम्भीर अवस्थामा पुर्‍याउँदा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाबको रङ्ग पहँेलो हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुनसक्ने मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले बताए। ‘हैजाका बिरामीलाई तुरुन्तै अस्पताल नपुर्‍याए ५० प्रतिशतको मृत्यु हुने सम्भावना हुन्छ ।

हैजा सङ्क्रमितमध्ये ८० प्रतिशतमा कुनै लक्षण विकसित हुँदैन तर उनीहरूको दिशामा पहिलादेखि १० दिनसम्म भिब्रियो कोलेरा ब्याक्टेरिया रहन सक्छ र लक्षण देखिएकामा पनि ८० प्रतिशतलाई मन्ददेखि मध्यमस्तरको लक्षण देखिन्छ। २० प्रतिशतलाई चौलानी जस्तै दिशा हुने र पानीको अभावजस्ता तीव्र लक्षण देखिन्छन्’, उनले भने।

झिगा लागेको, बासी, सडेगलेको, नपाकेको, चिसिएको खुलास्थानका खाद्यपदार्थ नखान, पानीलाई उमालेर वा क्लेरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुका साथै दिशापिसाब गरिसकेपछि साबुन पानीले मिचिमिची हात हुन मन्त्रालयले सबैमा अनुरोध गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
२०८३ श्रावण २८, बिहिबार
आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा ठाकुर नियुक्त
२०८३ श्रावण २८, बिहिबार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले दिए राजीनामा
२०८३ श्रावण २८, बिहिबार
दलित समुदायका हक, अधिकार कार्यान्वयन गर्न विधेयक तर्जुमाः मन्त्री गौतम
२०८३ श्रावण २८, बिहिबार
इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार
२०८३ श्रावण २८, बिहिबार
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
२०८३ श्रावण २८, बिहिबार
हर्मुज नखुलेको इरानको दाबी
२०८३ श्रावण २८, बिहिबार