श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

निरोगी नेपाली अभियान पूरा गर्न सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निरोगी नेपाली अभियान पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आज मन्त्रालयमा स्वास्थ्य पत्रकार मञ्च नेपालसँगको भेटघाटमा उहाँले स्वास्थ्य क्षेत्र सुधारका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।
स्वास्थ्यमन्त्री पौडेलले एकीकृत ढङ्गबाट स्वास्थ्य प्रणालीको विकास हुनुपर्नेमा जोड दिनुभयो । “कतिपय प्रदेश र स्थानीय तहले फरक—फरक ढङ्गले काम गरिरहेका छन्, यसरी स्वास्थ्य क्षेत्र सुधार हुँदैन । तीन तहको समन्वयबाट मात्र स्वास्थ्य क्षेत्रको सुधार गर्न सकिन्छ । त्यसैले समन्वयका साथ एकीकृत रूपमा अगाढि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

आधारभूत स्वास्थ्यलाई निःशुल्क गराउनतर्फ आफ्नो ध्यान केन्द्रित भएको भन्नुहुँदै मन्त्री पौडेलले अन्य रोगको उपचारको स्वास्थ्य बीमाबाट गर्ने गरी सबैलाई यसको दायरामा लाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्वास्थ्य सेवाको सुधार मन्त्रालयले मात्र गर्न नसक्ने भएकाले सबैको सहयोग आवश्यक रहेकोमा उहाँको जोड थियो । उहाँको भनाइ थियो,“आधारभूत स्वास्थ निःशुल्क गर्न र अन्य रोगको उपचार बीमाको दायरामा ल्याउनुपर्ने आवश्यकता छ । यसका अतिरिक्त स्वास्थ्य सेवा प्रभावकारी बनाउन र दक्ष जनशक्तिको प्रयोग कसरी गर्न सकिन्छ भनेर लागिरहेको छु । यसमा सबैको सहयोग आवश्यक छ ।”

कार्यक्रममा स्वास्थ्य पत्रकारहरूले जनताले अनुभूति गर्ने गरी काम गर्न मन्त्री पौडेललाई सुझाव दिएका थिए । मञ्चका अध्यक्ष सरोज ढुङ्गेल, पत्रकार प्रविण ढकाल, रामप्रसाद न्यौपाने, भीसा काफ्लेलगायतले जनतालाई उपचार सेवालाई प्रभावकारी बनाउन, स्वास्थ्यमा देखिएका अनियमिता हटाउनुपर्ने सुझाव दिनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार