मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

प्रादेशिक अस्पताल गौरमा सुत्केरी गराउने बढे

प्रादेशिक अस्पतालमा बच्चा जन्माउने आमाको संख्या दिनप्रतिदिन बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रौतहट- प्रादेशिक अस्पताल गौरमा पछिल्लो समय सुरक्षित प्रसूति गराउने महिलाको संख्यामा वृद्धि भएको छ । पहिला भन्दा अहिले अस्पतालको सेवा सुविधामा सुधारका साथै निःशुल्क सुरक्षित प्रसुति गराउने गरिएका कारण जिल्लाको विभिन्न पालिकाबाट प्रादेशिक अस्पतालमै गएर सुत्केरी हुनेको संख्यामा वृद्धि भएको हो ।

गत वर्षको तुलनामा यो वर्ष प्रादेशिक अस्पताल गौरमा सुरक्षित रुपमा बच्चा जन्माउने महिलाको संख्या अत्याधिक बढेको अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष अनवर हाशमीले बताउनुभयो ।

अहिले दैनिकजसो २५ देखी ३० जनासम्म महिला यस अस्पतालमा बच्चा जन्माउने गरेको अध्यक्ष हाशमीले बताउनुभयो । साउन १६ गते मात्र १८ जना महिलाले विना अप्रेशन अर्थात नर्मल अवस्थामा नै बच्चा जन्माएकी छन् भने ७ जना महिलालाई शल्यक्रिया गरी सफलतापूर्वक सुत्केरी गराइएको उहाँको भनाइ छ ।

प्रसूति गराउने अनुभवी तथा दक्ष चिकित्सक र अन्य सेवा सुविधा तथा उपकरणको राम्रो व्यवस्था गरिएकोले पछिल्लो समय प्रादेशिक अस्पताल गौरमा बच्चा जन्माउने महिलाको संख्या बढेको अध्यक्ष हाशमीको भनाई छ ।

अस्पतालमा रहेका पुराना, अनुभवी र दक्ष चिकित्सक एवं नर्सिङ कर्मचारीहरूका कारण सबैतिरबाट बच्चा जन्माउनका लागि यहाँ आउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुरले बताउनुभयो ।

डा. ठाकुरका अनुसार प्रसूति कक्षमा १४ जना भन्दा बढी नर्सिङ कर्मचारी रहेको र उनीहरू चौबिसै घण्टा उपलब्ध हुने गरेका छन् । अस्पतालमा ३ जना प्रसूतिका विशेषज्ञ चिकित्सक रहेका छन् ।

मेडिकल सुपरिटेन्डेन्ट डा. ठाकुरले दक्ष जनशक्ति, चौबिसै घण्टा चिकित्सक सहितको सेवा, बिरामीलाई दिइने प्राथमिकता, निःशुल्क प्रसूति सेवा लगायतका कारण यो अस्पतालमा प्रसूति गराउनेको संख्यामा उल्लेखनीय वृद्धि हुँदै गएको बताउनुभयो ।

अस्पतालमा छुट्टै सुविधासम्पन्न प्रसूतिगृह निर्माण गरी शिशु सघन उपचार कक्षको क्षमता विस्तार गर्न आफू लागिपरेको मेडिकल सुपरिटेन्डेन्ट डा. ठाकुरको भनाइ छ ।

निजी अस्पतालमा प्रसूति गराउँदा ठूलो रकम खर्च हुने गरेको छ । तर सरकारी अस्पतालमा निःशुल्क प्रसूति सेवा र शिशु सघन उपचार कक्षमा सेवा प्राप्त हुने भएकाले निजी भन्दा यस प्रादेशिक अस्पतालमा बच्चा जन्माउने आमाको संख्या दिनप्रतिदिन बढ्दै गएको पाइएको छ ।

तर प्रादेशिक अस्पताल गौरमा निःशुल्क रुपमै सुत्केरी गराउन पाइने र यसरी निशुल्क प्रसुति गराउन पाउँदा ठुलो रकम खर्च हुनबाट पनि जोगिने भएको हुँदा प्रादेशिक अस्पताल गौरमा बच्चा जन्माउने महिलाको संख्यामा वृद्धि भएको छ ।

निजी अस्पतालमा शल्यक्रिया गरेर बच्चा झिक्न ६० देखी एक लाखसम्मको हाराहारीमा खर्च हुने गर्दछ । सरकारी अस्पतालमा प्रसूति गराउँदा यहाँको जन्म प्रमाणपत्र पछिसम्म काम लाग्ने र भरपर्दो हुने गर्दछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार