कर्णाली। कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले कार्यभार सम्हाल्नुभएको छ । चौथो प्रदेश प्रमुखका रूपमा उहाँले कार्यभार सम्हाल्नुभएको हो ।
यही साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले उहाँलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । विसं २००६ चैत २५ गते बझाङको भातेखोलामा जन्मनुभएका प्रदेश प्रमुख जोशी तीसको दशकदेखि नेपाली कांग्रेसमा आवद्ध हुनुहुन्थ्यो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया