श्रावण २८, २०८३ बिहिबार August 13, 2026

एकै घरका तीन जनामा हैजा पुष्टि

हैजाको सङ्क्रमण देखिएका ३ सहित ५ जनाको जिल्ला अस्पतालमा र अन्यको गौमुखीस्थित स्वास्थ्य संस्थामा उपचार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बिजुवार, साउन १८ गते । प्युठानमा एकै घरका तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको गौमुखी गाउँपालिका–५ बस्ने ७१ वर्षीय लक्ष्मीकुमारी मल्ल, ३५ वर्षका मीनबहादुर मल्ल र १२ वर्षीय शिवकुमारी मल्ललाई हैजा पुष्टि भएको गौमुखी गाउँपालिका प्युठानमा स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल प्युठानमा भएको परीक्षणमा हैजा पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख जैसीले बताउनुभयो । उहाँका अनुसार गौमुखीका ८ जना व्यक्तिमा झाडापखाला देखिएको र त्यसमध्ये ३ जनालाई हैजाको सङ्क्रमण देखिएको हो ।

हैजाको सङ्क्रमण देखिएका ३ सहित ५ जनाको जिल्ला अस्पतालमा र अन्यको गौमुखीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उहाँले बर्खायामसँगै पानीजन्य रोग बढ्ने भएकाले पानी उमालेर खान अनुरोध गर्नुभएको छ । सलिम मिया/गोप

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
२०८३ श्रावण २८, बिहिबार
आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा ठाकुर नियुक्त
२०८३ श्रावण २८, बिहिबार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले दिए राजीनामा
२०८३ श्रावण २८, बिहिबार
दलित समुदायका हक, अधिकार कार्यान्वयन गर्न विधेयक तर्जुमाः मन्त्री गौतम
२०८३ श्रावण २८, बिहिबार
इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार
२०८३ श्रावण २८, बिहिबार
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
२०८३ श्रावण २८, बिहिबार
हर्मुज नखुलेको इरानको दाबी
२०८३ श्रावण २८, बिहिबार